२०८२ अषाढ २९, आईतबार
वीरगञ्ज महानगरपालिका वडा न. १३ बस्ने भारतीय नागरिक दिनेश पटवाले २०६३ सालमा झुठो विवरण पेश गरी जन्मको आधारमा नागरिकता लिएको र सोही नागरिकताको आधारमा पटवाकी श्रीमती रितादेवी पटवाले वैवाहिक अंगीकृत नागरिकता बनाएकी थिइन् ।
श्रीमान् श्रीमती दुबैले नेपालको नागरिकता लिएपछि असार २४ गते श्रीमान् श्रीमती पटवा जिल्ला प्रशासन कार्यालय पर्साबाट छोराको नागरिकता बनाउन आएको अवस्थामा शंकास्पद गतिविधि देखिएपछि सुरक्षामा खटिएको सशस्त्र प्रहरीको विशेष टोलीले निगरानी गरेको थियो ।
चेकजाँच गर्दा दिनेशकुमार पटवाका साथमा भारतीय आयकर विभागको कार्ड बरामद भएपछि आवश्यक कारवाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
उनले भीडभाडमा भारतीय नमागरिकसमेतले कर्मचारीहरुलाई झुक्याएर कीर्ते तथा नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिन आउन थालेपछि विशेष निगरानीका साथ नागरिकता वितरणलाई कडाई गरिएको बताए ।
नयाँ ऐन अनुसार जन्मको आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिन आउनेहरुको भीड थामिनसकिने भएपछि बिचौलियाहरुको छलखेल पनि बढेको छ । गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे