२०८२ बैशाख १७, बुधबार
नेप्सेका अनुसार आज ९.९१ अंकले बढेर नेप्से दुई हजार एक सय ५४ दशमलब ७ विन्दुमा पुगेको छ । त्यस्तै, आज तीन अर्ब ५४ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूलय १० प्रतिशतले बढेर प्रतिकित्ता १३५५।२० रुपैयाँ पुगेको छ भने युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य पनि ९.९९ प्रतिशतकले बढेर प्रतिकित्ता ५९२.२० रुपैयाँ पुगेको छ ।
त्यस्तै आज युनिलिभर लिमिटेडको शेयरमूल्य पनि ८.९९ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज २१ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे