२०८२ अषाढ २९, आईतबार
पालिकाले २०७९ पुस ८ गते सार्वजनिक शौचालय निर्माण गर्न प्रतियोगिता गराउने र प्रथम र द्वितीय हुने डिजाइनलाई क्रमशः १ लाख २५ र ७५ हजार पुरस्कार दिने निर्णय गरेको थियो।
उपमहानगरलाई प्राप्त भएका २० नमुनामध्ये काठमाडौंको लिटल मोर स्टुडियोका राहुल बज्राचार्य, साजनराज महर्जन र जेनिसा खत्रीले तयार गरेको शौचालयको नमुना प्रथम भएको छ।
उक्त डिजाइनअनुसारको शौचालय उपमहानगर प्रांगणमा निर्माण भइरहेको छ। यस्तै, सविन शिल्पकार, सागर सैँजु र निजल लवाजुले तयार गरेको डिजाइन दोस्रो भएको छ।
प्रतियोगिताबाट विभिन्न १६ वटा डिजाइन छनोट गरिएको छ। उपमहानगरले नगर क्षेत्रमा स्वीकृत डिजाइनअनुसारका सार्वजनिक शौचालय निर्माण गर्ने नीति लिएको छ।
पुस ११ गते धनगढीमा निर्माण हुने सार्वजनिक शौचालयहरूलाई अत्याधुनिक बनाउन सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)लाई डिजाइन पेस गर्न आग्रह गरेको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे