• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २५, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
७

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
८

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
९

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
१०

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
११

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
१२

बालेनप्रति हर्कको कटाक्ष- संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक !

२०८२ भाद्र २६, बिहिबार

प्रचण्डका ‘घरबेटी’ले ठेक्का लिएको नगरकोट सडक निर्माण सम्पन्न नहुँदै भत्कियो

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० श्रावण २३, मंगलबार

  • १८९ पटक पढिएको
  • भक्तपुर । भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरूबीच समन्वय र सहकार्य हुन नसक्दा सडक ठाउँठाउँमा भत्किन थालेको हो ।

    यो खण्डको सडक ठेक्का शैलुङ् कन्स्ट्रक्सनले लिएको छ । सो ठेकेदार कम्पनीका मालिक शारदाप्रसाद अधिकारी वर्तमान प्रधानमन्त्री एवम्‌ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन्‌ । खुमलटारस्थित आफू बसिरहेको भव्य निवास उनै अधिकारीको भएको प्रचण्ड र माओवादी नेताहरूले बताउने गरेका छन्‌ ।

    सडक निर्माण सम्पन्न भएका केही स्थानमा निर्माण व्यवसायी, आयोजना, स्थानीय उद्योग, जग्गा प्लटिङ व्यवसायी र स्थानीयवासीले लापरबाही गर्दा उक्त सडक निर्माण सम्पन्न नहुँदै विभिन्न स्थानमा भूक्षय भई सडक भत्किन थालेको छ ।

    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सर्वदलीय राजनीतिक संयन्त्र, सडक निर्माण आयोजना, निर्माण व्यवसायीका प्रतिनिधि र सञ्चारकर्मीहरूको संयुक्त टोलीले गरेको सडक अनुगमनका क्रममा नेपाली सेनाको खरीपाटी ब्यारेक नजिकको घुमाउने, चाँगुनारायण नगरपालिका–६ बास्तोला गाउँ युटर्न रेष्टुरेन्ट नजिक, बाघमारा, नगरकोट बसपार्क नजिकलगायत स्थानमा सडक भत्किन र भासिन थालेको भेटिएको हो ।

    खरिपाटी सेनाको ब्यारेक नजिक शिवशिखर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको वेभरेज र खाद्य उद्योगबाट निस्किएको पानी लापरबाहीपूर्वक सडकमा छोड्दा उक्त स्थानमा भूक्षयले सडक भासिन थालेको छ । उक्त उद्योगबाट निस्किएको पानीलाई ड्रेन बनाई कटाउने प्रयास गर्दा नेपाली सेनाले आफ्नो जग्गामा सडकको पानीको निकास लिन नसक्ने भन्दै रोक लगाएपछि उक्त स्थानमा भूक्षय हुन थालेको भक्तपुर–नगरकोट–सिपाघाट/बालाजु–त्रिशूली सडक योजनाका सब–इन्जिनियर सुनिता धुकुछुले बताए ।

    ‘पटक पटक सेनासँग पानीको निकासका लागि आग्रह गर्दा मान्नुभएन । उद्योगलाई पनि पटक पटक पानी नपठाउन आग्रह गर्दासमेत अटेर गरेको छ,’ उनले भने ।

    यसैगरी नगरकोट बास्तोला गाउँ युटर्न रेष्टुरेन्ट नजिक नगरकोट सडकको माथिल्लो भिरालो डाँडामा जग्गा प्लटिङ गरेको र सो प्लटिङबाट खस्न थालेको पहिरोले नगरकोट सडकलाई क्षति गर्न थालेको छ । वर्षा हुने बित्तिकै प्लटिङबाट भेल बगेर आउने र सो भेलले लेदोसहितको माटो बगेर सडक अवरुद्ध पार्ने गरेको छ । सडकको माथिबाट बगेर आउने लेदोले बाटोको मुनिको भागमा भूक्षय हुन थालेको छ । प्लटिङबाट बगेर आउने माटोले सडक दुर्घटनाको समेत जोखिम बढेको छ ।

    अत्यन्त भिरालो जग्गामा भएको प्लटिङ अवैध भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । प्लटिङ भइरहेको जानकारी आउनासाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई काम रोक्न निर्देशन दिइएको जानकारी दिए । अहिले प्लटिङको काम रोकिएको अवस्था छ ।

    यस्तै नगरकोट बाघमारामा नगरपालिकाले नै सहायक सडक निर्माण क्रममा सडकको ड्रेनलाई व्यवस्थित नगर्दा उक्त ड्रेनको पानी मुख्य सडकमा आउने गरेको र सो पानीले सडकको अर्को किनारमा भूक्षय हुन थालेको छ । भूक्षयले सडक चर्किनका साथै भासिन थालेको र कुनै पनि बेला ठूलो भूक्षय गई बाटो अवरुद्धसमेत हुन सक्ने देखिएको छ ।

    नगरकोटकै एक स्थानमा स्थानीयबासीले घर जाने सहायक मार्ग बनाउने क्रममा नगरकोट सडकको ड्रेन नै पुरीदिँदा सडकको अर्को किनारमा ठूलो भूक्षय गएको छ । आयोजनाले हाल सो स्थानमा सेरवाल लगाएर रोकथाम गरिसकेको छ । तर पनि ड्रेनको निकास नहुँदा जोखिम रहेको छ ।

    नगरकोट बसपार्क नजिक एक व्यवसायीले आफ्नो जग्गामा जाने सहायक मार्ग निर्माण गर्दा नगरकोट सडकको ड्रेन पुरिएर अर्को किनारमा भूक्षय भई सडक भत्किन थालेको छ ।

    अनुगमनमा सहभागीहरूले सडक निर्माणका क्रममा आयोजना र निर्माण व्यवसायीले स्थानीय पालिका, प्रशासन र स्थानीय जनतासँग सहकार्य र समन्वय नगरेको पाइएको प्रतिक्रिया दिए । अलिकति मात्र समन्वय र सहकार्य भएको भए निर्माण सम्पन्न नहुँदै सडक भत्किने समस्या आउन नसक्ने निष्कर्ष अनुगमनकर्ताहरूको थियो ।

    चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाले नै ताकेता गर्दा पनि आयोजना र निर्माण व्यवसायी समन्वयका लागि नआएको बताए । ‘जहाँ समस्या आउँछ त्यहाँ नगर प्रमुख र उपप्रमुख स्वयम् उपस्थित भएर समस्या समाधान गरिदिन्छौँ । सडक छिटोभन्दा छिटो निर्माण सम्पन्न हुनुपर्‍यो भन्दा पनि उहाँहरू आउनुहुन्न,’ उनले भने ।

    यसैगरी अनुगमनकर्ताहरूले सडकको गुणस्तरमा समेत आशङ्का व्यक्त गरेका छन् । सडक निर्माण भई कालोपत्र भएका धेरै स्थानमा कालोपत्र उप्किएर खाल्डाखुल्डी परेको देखिएपछि सडकको गुणस्तरका बारेमा आशङ्का पैदा भएको हो ।

    ‘अनुगमनका क्रममा ठाउँठाउँमा सडक खाल्डाखुल्डी परेको देखियो । यसको प्राविधिक पक्ष र गुणस्तरका बारेमा छुट्टै नापजाँच होला तर सरसर्ती हेर्दा गुणस्तरमा शङ्का उत्पन्न भएको छ,’ नेपाली कांग्रेसका जिल्ला सचिव सुशील बस्नेतले भने ।

    नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजाले सडकको गुणस्तरका बारेमा प्राविधिक जाँच गर्नुपर्ने देखिएको बताए । यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल बासुले जुन खालको कालोपत्र नगरकोट सडकमा गरियो, यस्तो कालोपत्र यहाँको भूबनोटमा अनुकूल नभएको हो कि भन्ने आशङ्का व्यक्त गरे ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सहमहामन्त्री रवीन्द्रप्रताप शाहले सडक निर्माणमा भएको ढिलाइ र पटक पटकको म्याद थपले नेपालको ठेक्का प्रणाली नै नमिलेको बताए । नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजु, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक रामेश्वर बस्नेतलगायतले सडक छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न आयोजनालाई आग्रह गरे ।

    प्रमुख जिल्ला अधिकारी रिजालले निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायसँग समन्वय नगरेको पाइएको बताए । उनले सडक निर्माण अन्तिम चरणमा पुगेको देखिए पनि ठाउँठाउँमा भत्किन थालेकाले यसको गुणस्तरको परीक्षण हुनुपर्ने देखिएको प्रतिक्रिया दिए ।

    आयोजनाका  सब–इन्जिनियर धुकछुले सडकको काम ९४ प्रतिशत सम्पन्न भएको बताउँदै नगरकोट बसपार्कको करिब चार सय मिटरको काम सम्पन्न भएपछि आयोजनाको काम पूरा हुने जानकारी दिए ।

    सडक निर्माण कम्पनी शैलुङ् कन्स्ट्रक्सनका सुपरभाइजर अनुप अधिकारीले बाँकी रहेको चार सय मिटरमा रहेको विद्युत्को पोल हटाउन प्राधिकरणमा रकम जम्मा गरिसकेको जानकारी दिँदै पोल हटाएपछि वर्षा रोकिने बित्तिकै सडकको निर्माण सुरु गरी तोकिएको म्यादभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताए ।

    कमलविनायकदेखी नगरकोटसम्मको करिब १६ किलोमिटर लामो उक्त सडक सुधार एवम् विस्तारका लागि भारतीय निर्माण कम्पनी एआइपिएल र नेपाली निर्माण कम्पनी शैलुङ्ग कन्स्ट्रक्सनले संयुक्त रूपमा ठेक्का लिएको थियो ।

    कूल रु ५२ करोड ९६ लाखको लागतको उक्त सडक एआइपिएल र शैलुङ्गले २०७१ जेठमा रु ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७३ असार ३ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

    भारतीय बैंक एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण सुरु भएको उक्त सडकका लागि  पटक पटक म्याद थप भइसकेको छ । ठेक्का म्याद थपसँगै लागतसमेत बढेको छ । रु ३१ करोड ५२ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकको पछिल्लो संशोधित ठेक्का रकम करिब रु ३६ करोड पुगेको छ ।रासस

  • कमलविनायक–नगरकोट्
  • शारदाप्रसाद अधिकारी
  • शैलुङ् कन्स्ट्रक्सन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते

  • जेनजीलाई समेटदै सरकार विस्तार गर्दै प्रधानमन्त्री कार्की

  • पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यान गृह ९ बर्षदेखि अलपत्र

  • बाढीपहिरोबाट अबरुद्ध बिपी राजमार्ग अस्थायी ट्रयाक निर्माण गरी सञ्चालनमा

  • समाचार
  • १

    माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
    २०८२ आश्विन २५, शनिबार

  • २

    जेनजीलाई समेटदै सरकार विस्तार गर्दै प्रधानमन्त्री कार्की
    २०८२ आश्विन २५, शनिबार

  • ३

    पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यान गृह ९ बर्षदेखि अलपत्र
    २०८२ आश्विन २५, शनिबार

  • ४

    बाढीपहिरोबाट अबरुद्ध बिपी राजमार्ग अस्थायी ट्रयाक निर्माण गरी सञ्चालनमा
    २०८२ आश्विन २५, शनिबार

  • ५

    टिकटक भिडियो बनाउन खोलामा हाम फालेका युवक मृत फेला
    २०८२ आश्विन २४, शुक्रबार

  • ६

    भेनेजुएलाकी मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
    २०८२ आश्विन २४, शुक्रबार

  • ७

    टी-२० विश्वकप छनौटमा आज नेपाल र जापानबीच खेल हुँदै
    २०८२ आश्विन २४, शुक्रबार

  • ८

    आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
    २०८२ आश्विन २४, शुक्रबार

  • ९

    यी दुई प्रदेशका पहाडी भू-भागमा बर्षाको सम्भावना
    २०८२ आश्विन २४, शुक्रबार

  • १०

    रजिष्ट्रार थपलिया सचिवमा बढुवा, न्याय परिषद पदस्थापन
    २०८२ आश्विन २३, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution