२०८२ अषाढ २९, आईतबार
कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ मा व्यवस्था भए बमोजिम कर्णाली प्रदेश सरकार अन्तर्गत विभिन्न कार्यालयहरुमा रिक्त रहेको वन सेवा, जनरल फरेष्ट्री समूहका तहविहीन वन रक्षक पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि आवेदन खुला गरेको आयोगले बताएको छ।
वन, जनरल फरेष्ट्रीका लागि खुलातर्फ २९, समावेशी समूहतर्फ महिला ८, आदिवासी जनजाति ६, मधेसी ५ जनाका लागि आवेदन खुला गरिएको छ।
त्यस्तै दलिततर्फ २, पछाडि पारिएको क्षेत्र र अपाङ्गताबाट १-१ जना पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको सूचनामा उल्लेख छ।
भदौ १८ गतेसम्म ३०० रूपैयाँ (समावेशी समूहतर्फ पनि भर्ने भए थप १०० रूपैयाँं) तिरर दरखास्त दिन भनिएको छ। भदौ २५ गतेसम्म दोब्बर दस्तुर तिरेर भर्न सकिने पनि आयोगले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे