२०८२ आश्विन २१, मंगलबार
शनिबार बिहान पुलमा झुण्डिएका धादिङ निलकण्ठ नगरपालिका–६ बस्ने ४५ वर्षीय कृष्ण परियारलाई सशस्त्र प्रहरीले उद्धार गरेको हा ।
उनी पुलबाट त्रिशुली नदीमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भए पश्चात् सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जनाको टोली खटिएको थियो।
उक्त टोलीले रोप रेस्क्यु विधिबाट उनको उद्धार गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार परियारलाई उपचारको लागि मुग्लिन हाइवे अस्पतालमा पठाइएको छ। उनले हाम्फाल्न खोज्नुको कारण नखुलेको बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे