• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २०, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
६

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
७

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
८

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
९

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
१०

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
११

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
१२

सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक

२०८३ श्रावण ४, सोमबार

लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २०

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० भाद्र २७, बुधबार

  • ३९० पटक पढिएको
  • १. मोरक्कोमा २५ सयभन्दा बढी मानिसको ज्यान जाने गरी ठुलो भूकम्प कहिले गएको हो ?

     सन् २०२३ सेप्टेम्बर ८

    –  पर्यटकीय नगरी मराकेसभन्दा ७१ किलोमिटर

    दक्षिण पश्चिम केन्द्रबिन्दु बनाई ६.८ म्याग्निच्युडको भूकम्प गएको ।

    – भूकम्पको केन्द्रबिन्दु रहेको अल–हौज प्रान्तमा सबैभन्दा बढी (१३०० भन्दा बढी) को ज्यान गएको ।

    २. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ? 

     सेप्टेम्बर ८

    – सन् २०२३ को नारा : दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्धन (प्रोमोटिङ लिटरेसी फर अ वल्र्ड इन ट्रान्जिसन ः बिल्डिङ द फाउन्डेसन फर सस्टेनेबल एन्ड पिसफुल सोसाइटिज)

    – नेपालमा राष्ट्रिय शिक्षा दिवस प्रत्येक वर्ष असोज

    २ मा मनाइने ।

    ३. शक्तिशाली राष्ट्रहरूको समूह जी–२० को १८ औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

     सन् २०२३ सेप्टेम्बर ९ र १०, भारतको नयाँ दिल्ली

    – विश्वका २० ठुला अर्थतन्त्रको साझा प्लेटफर्मका रूपमा रहेको जी–२० को १८ औँ सम्मेलनको अध्यक्षता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका ।

    – ‘एक पृथ्वी’ एक परिवार, एक भविष्य’ को विषयवस्तुमा सम्मेलन आयोजना भएको ।

    – सम्मेलनबाट अफ्रिकी युनियन पनि स्थायी सदस्य बनेको । अफ्रिकी युनियन ५५ देशको सङ्घ हो, जसमा विश्वको करिब १८ प्रतिशत जनसङ्ख्या बस्छन् ।

    – यस सम्मेलनको घोषणापत्रका सबै बुँदामा पहिलो पटक सबै राष्ट्रद्वारा पहिलो दिनमै सहमति कायम भएको ।

    – घोषणापत्रमा विश्व स्वास्थ्य, जलवायु परिवर्तन, व्यापार, विकास, डिजिटल अर्थतन्त्र र अन्तर्राष्ट्रिय सुरक्षालगायतका विषय समेटिएका ।

    – भारत र मध्यपूर्व युरोप जोड्ने मेगा इकोनोमिक कोरिडोरको घोषणा । कोरिडोरमा भारत, युएई, साउदी अरब, युरोपियन युनियन, फ्रान्स, इटाली, जर्मनी र अमेरिका सहभागी हुने । रेल र बन्दरगाह जस्ता नेटवर्कको निर्माण गरिने कोरिडोरले व्यापारलाई बढावा मिल्ने विश्वास लिइएको ।

    – चीनको बेल्ट एन्ड रोडसँग तुलना गर्दै यस कोरिडोरलाई महìवाकाङ्क्षी योजना मानिएको ।

    ४. २०७९ सालको वासुदेव लुुइँटेल पुरस्कार कसलाई प्रदान गरियो ?

     चट्याङ मास्टर (कृष्णमुरारी ढुङ्गेल), २०८० भदौ

    – पुरस्कारको राशि रु. एक लाख ११ हजार १११ रहेको ।

    – त्यसै गरी वासुदेव लुइँटेल सम्मान चूडामणि रेग्मी र रमेश खकुरेललाई प्रदान गरिएको ।

    ५. सातौँ राष्ट्रिय कृषि गणना २०७८ को नतिजा कहिले सार्वजनिक भएको हो ?

     विसं २०८० भदौ २१

    – नतिजा अनुसार ६२ प्रतिशत परिवार कृषि पेसामा संलग्न रहेका ।

    – देशभर ४१ लाख ३१ हजार कृषक परिवार रहेका ।

    – मुख्य कृषकमा पुरुषको हिस्सा ६७.६ प्रतिशत (२०६८ ः ८१.० प्रतिशत) र महिलाको हिस्सा ३२.४ प्रतिशत (२०६८ ः १९.० प्रतिशत) ।

    – १० वर्षमा तीन लाख सात हजार हेक्टर खेतीयोग्य

    जमिन घटेको ।

    – कृषियोग्य जमिन २२ लाख १८ हजार हेक्टर ।

    – १० वर्षमा आठ प्रतिशतले कृषक परिवार सङ्ख्या बढेको तथा जमिन १२ प्रतिशतले घटेको ।

    – प्रदेशगत हिसाबले सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कोशी प्रदेश ।

    – जिल्लागत रूपमा सबैभन्दा बढी कृषक परिवार भएको जिल्ला झापा ।

    विभिन्न कृषि गणनामा बाली सघनता :

    २०५८ः १.८३

    २०६८ः १.८५

    २०७८ः १.९१

    – सिँचाइ सुविधा प्राप्त कृषक परिवार : ७० प्रतिशत (२०६८ मा ६५ प्रतिशत) ।

    – बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल आठ लाख ७९ हजार ५७० हेक्टर ।

    – पशुपालन गर्ने कृषक परिवार ३४ लाख पाँच हजार १४ (२०६८ ः ३३ लाख ५३ हजार ८५७) ।

    – कृषि कार्यका लागि ट्याक्टर प्रयोगमा ल्याउने जनसङ्ख्या ४० प्रतिशत, १६ लाख ३९ हजार (२०६८ ः २२ प्रतिशत, आठ लाख ४५ हजार) ।

    – कृषि प्रयोजनका लागि ऋण लिएका कृषक परिवार ११.७ प्रतिशत (२०६८ ः २१.८ प्रतिशत) ।

    – कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेका कृषक परिवार २६ प्रतिशत (२०६८ ः १६ प्रतिशत) ।

    – आफ्नै कृषि उपजबाट खान पुग्ने ४५ प्रतिशत ।

    – ४.४ प्रतिशत कृषकद्वारा कृषि बिमा ।

    – उन्नत बिउ लगाउने कृषक परिवार २२.२ प्रतिशत

    – विषादीको प्रयोग गर्ने कृषक परिवार २६.७ प्रतिशत

    – खसी, बोका, च्याङ्ग्रा करिब डेढ करोड, कुखुराको सङ्ख्या चार करोड ।

    – धानबाली लगाइएको जमिन १२ लाख १६ हजार ३८७ हेक्टर ।

    – मकै बाली लगाइएको जमिन पाँच लाख ५९ हजार ९०९ हेक्टर ।

    – गहुँ बाली लगाइएको जमिन छ लाख ५४ हजार १९४ हेक्टर ।

    – सिँचाइ सुविधा प्रयोग गर्ने कृषक बढी भएको प्रदेश मधेश ।

    – सिँचाइ सुविधा प्रयोग गर्ने कृषक बढी भएको जिल्ला बारा ।

    – आलुखेती सबैभन्दा बढी गरिने प्रदेश कोशी ।

    – आलु खेती सबैभन्दा बढी गरिने जिल्ला काभ्रे ।

    – जलवायु परिवर्तनबारे थाहा पाउने कृषकको सङ्ख्या

    ५४ प्रतिशत ।

    – ५५ देखि ६४ वर्ष समूहका मुख्य कृषक १७.६ प्रतिशतले बढेर १८.३ प्रतिशत ।

    – ६५ वर्षमाथिका मुख्य कृषक ११.४ प्रतिशतबाट १३.७ प्रतिशत ।

    – २५ वर्षमुनिका मुख्य कृषकको हिस्सा ३.१ प्रतिशतबाट २.६ प्रतिशतमा सीमित ।

    – २५–३४ उमेर समूहका कृषक १६.१ प्रतिशतबाट घटेर १४.९ प्रतिशत ।

    – ३५–४४ उमेर समूहका कृषक २६.७ प्रतिशतबाट घटेर २५.७ प्रतिशत ।

    – ४५–५४ उमेर समूहका कृषक ४५.१ प्रतिशतबाट घटेर २४.८ प्रतिशत ।

    – पहिलो कृषि गणना २०१८ मा भएको । कृषि गणना प्रत्येक १०–१० वर्षमा हुने ।

    ६. संविधान सभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन कहिले भएको हो ? 

     विसं २०८० भदौ २६

    ७. नेपाली–चिनियाँ संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौँ–छिन्ताओ–काठमाडौँ उडान सेवा कहिले सुरु गरेको हो ?

     विसं २०८० भदौ २४ (सन् २०२३ सेप्टेम्बर १०)

    ८. थाइल्यान्डमा गाँजा खेती तथा यसको बिव्रmी वितरणलाई वैधानिकता कहिले प्रदान गरिएको हो ?

     सन् २०२२ जुन ९

    – थाइल्यान्ड औषधीय एवं औद्योगिक प्रयोजनका

    लागि गाँजालाई अनुमति दिने एसियाकै पहिलो

    राष्ट्र बनेको ।

    – नसाका लागि सेवन गर्न भने प्रतिबन्ध कायम नै रहेको ।

    – चिकित्सकीय प्रयोगका लागि थाइल्यान्डले सन् २०१८ मै वैधानिकता दिएको थियो ।

    ९. इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?

     सन् १९६७ सेप्टेम्बर २७

    १०. महान्यायाधिवक्ताको नियुक्ति कसरी गरिन्छ ?

     प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट

    ११. कुनै एउटा वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?

     वंशाणुगत परिवृत्ति

    १२. जनघनत्व भनेको के हो ?

     प्रतिवर्ग किलोमिटर क्षेत्रमा मानिसको बसोबास गर्ने मानिसको सङ्ख्या

    – जनगणना २०७८ अनुसार नेपालको जनघनत्व १९८÷वर्ग किमी रहेको ।

    – जनगणना २०७८ अनुसार जनघनत्व सबैभन्दा

    बढी भएको प्रदेश मधेश र सबैभन्दा कम भएको प्रदेश कर्णाली हो ।

    – जिल्लागत रूपमा सबैभन्दा बढी जनघनत्व भएको जिल्ला काठमाडौँ (५१६९ जना) र सबैभन्दा कम जनघनत्व भएको जिल्ला मनाङ (तीन जना) हो ।

    १३. मुलुकभित्र उद्यमशीलताको विकास गर्न व्यवसायको सुरुवाती चरणमा रहेकालाई लक्षित गरी घोषणा गरिएको अभियान कुन हो ?

     स्टार्टअप नेपाल २०३०

    – सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात वर्ष (सन् २०३०) भित्र नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने अभियान सार्वजनिक गरेका ।

    – दिगो विकास लक्ष्य पूरा हुने अवधिभित्रै सो लक्ष्य पनि पूरा गर्ने गरी अभियान घोषणा गरिएकोे ।

    – अभियानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, नेदरल्यान्ड्सको पियुएम, इसिमोडलगायतका निकायको सहकार्य रहेको ।

    १४. दीर्घ साधना सम्मान–२०८० बाट सम्मानित कलाकार को हुन् ?

     अभिनेता शिव श्रेष्ठ

    – त्यस्तै दीर्घ साधना सम्मान– २०७८ अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको ।

    – दुवै पुरस्कारको राशि रु. तीन लाख ७५ हजार रहेको ।

    – चलचित्र पुरस्कारतर्पm अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेतृ दिया मास्के (प्रकाश), निर्देशक निदेश राउत (प्रकाश), लेखक दीपेन्द्र के खनाल (चिसो मान्छे), छायाकार पुरुषोत्तम प्रधान (लप्पनछप्पन–२), सम्पादक निमेष श्रेष्ठ (दोख) पुरस्कृत भएका ।

    १५. मिस युनिभर्स नेपाल–२०२३ को उपाधि जित्ने प्रतिभा को हुन् ?

     जेन दीपिका ग्यारेट

    – प्रतियोगितामा गरिमा घिमिरे फस्ट रनरअप, बुद्धिसस सुनार सेकेन्ड रनरअप, शीताष्मा पोखरेल थर्ड रनरअप एवं अभिलाशा लम्साल फोर्थ रनरअप घोषित भएका ।

    – उपाधि विजेता दीपिकाले आगामी नोभेम्बरमा एलसाल्भाडोरमा हुने ७२ औँ मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

    १६. हालसम्म नेपालका कति जिल्ला साक्षर घोषित भएका छन् ?

     ६४ (२०८० भदौ)

    १७. वामपन्थी नेता एवं अग्रज मानव अधिकारवादी टेकनाथ बरालको निधन कहिले भएको हो ?

     विसं २०८० भदौ १२

    १८. नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सिधा बस सेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के भनी चिनिन्छ ?

     बिबिआइएन इनिसिएटिभ

    १९. लिच्छवि कालमा जिल्लालाई विषय भनिन्थ्यो भने जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?

     विषयपति

    २०. हाल नेपालका कति जिल्लामा राष्ट्रिय प्रणालीको विद्युत्को पहुँच पुगेको छ ? 

     ७६

    – कर्णाली प्रदेशको मुगुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएसँगै विद्युत्को राष्ट्रिय प्रणालीमा जोडिएका जिल्ला ७६ पुगेका ।

    – नेपाल विद्युत् प्राधिकरणले २०८० भदौ २४ देखि मुगुको गमगढीलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गरेको ।

    – अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी रहेको ।

    प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्रबाट

  • वस्तुगत प्रश्नोत्तर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय

  • यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • गण्डकी सहितका चार प्रदेशमा धेरै भारी बर्षाको सम्भावना

  • आन्तरिक तर्फको हवाई भाडा बढ्यो, यस्तो छ नयाँ दर

  • समाचार
  • १

    प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय
    २०८३ श्रावण २०, बुधबार

  • २

    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
    २०८३ श्रावण २०, बुधबार

  • ३

    गण्डकी सहितका चार प्रदेशमा धेरै भारी बर्षाको सम्भावना
    २०८३ श्रावण २०, बुधबार

  • ४

    आन्तरिक तर्फको हवाई भाडा बढ्यो, यस्तो छ नयाँ दर
    २०८३ श्रावण १९, मंगलबार

  • ५

    १ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ
    २०८३ श्रावण १९, मंगलबार

  • ६

    एन्टीस्नेक भेनम देशभर १ हजार २६९ डोज मौज्दात छ : मन्त्री मेहता
    २०८३ श्रावण १९, मंगलबार

  • ७

    ग्यास अभाव अस्थायी, अनावश्यक रूपमा संकलन नगर्न आग्रह
    २०८३ श्रावण १९, मंगलबार

  • ८

    “गगन-विश्व” को एकलकाँटे चरित्रले पार्टी चल्न सक्दैन : केदार कार्की
    २०८३ श्रावण १९, मंगलबार

  • ९

    विषालु च्याउ खाएर श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर
    २०८३ श्रावण १९, मंगलबार

  • १०

    यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने
    २०८३ श्रावण १९, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution