२०८२ बैशाख २६, शुक्रबार
कार्यविधि पछ्याउँदा अहिले भिआइपीका नाममा राज्यको ढुकुटी दुरूपयोग भइरहेको छ । अब यस्तो हुन नदिन सरकारले भिआइपी सम्बन्धमा नयाँ कार्यविधि बनाउने प्रक्रिया अघि बढाएको छ ।
यसका लागि कार्यविधि मस्यौदा तयार भइसकेको छ । मुलुकमा प्रचलित कार्यविधिअनुसार विभिन्न उच्च ओहोदामा रहेका वर्तमान र पूर्वगरी दुई किसिमका भिआइपी छन् । वर्तमानमा पनि अतिविशिष्ट (भिभिआइपी) र भिआइपी गरी दुई किसिमबाट व्याख्या गरिएको छ । पूर्व भिआइपीको संख्या वर्तमानको भन्दा बढी छ ।
अब क-कसलाई अतिविशिष्ट र क९कसलाई विशिष्ट व्यक्ति भन्ने विषयमा व्याख्या गरी गृह मन्त्रालयले कार्यविधिको नयाँ मस्यौदा बनाएको हो । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले विशिष्ट व्यक्तिका सम्बन्धमा कार्यविधिको मस्यौदा तयार भइसकेको बताए । कार्यविधिको मस्यौदा तयार भइसकेको छ । २०८० सालमै कार्यविधि आउँछ, उनले भने । नागरिक न्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे