२०८२ जेष्ठ १०, शनिबार
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवल नगरपालिका ४ स्थित गैह्रै पेट्रोल पम्प नजिकै मोटरसाइकल अनियन्त्रित भै सिमेन्टको पोलमा ठोक्किँदा मोटरसाईकलमा सबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामग्राम नगरपालिका १४ बस्ने बर्ष ३० को हेम खबास घाईते भै परासी उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो।
फरार रहेका मोटरसाइकल चालक रामग्राम १४ बस्ने बर्ष २४ को अंगद यादवलाई सुनवल ७ ज्यामिरे स्थितबाट फेला पारि नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बोहराले जानकारी दिनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे