२०५४ सालमा जागिरमा प्रवेश गरेका कोइरालाले २०७८ सालसम्ममा ९० लाख ३९ हजार रुपैयाँ बढी स्रोत नखुलको सम्पति आर्जन गरेको आरोपसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
कोइरालाले जागिरको उक्त अवधिमा दुई करोड ९७ लाख ८१ हजार आर्जन गरेकोमा उनले तीन करोड ८८ लाख २१ हजार बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको पनि अख्तियारले जनाएको छ ।
आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोत नखुलेपछि छानबिन गर्दा भ्रष्टाचार देखिएको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।
गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा राखेको पाइएको पनि अख्तियारले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे