• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ११, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
६

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
७

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
८

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
९

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
१०

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
११

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार
१२

बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

२०८२ कार्तिक १४, शुक्रबार

नेपाली बिमान कम्पनिलाई उडान अनुमति दिन काेरियाली समकक्षीसँग अर्थमन्त्रीको आग्रह

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० आश्विन २५, बिहिबार

  • १६१ पटक पढिएको
  • मोरक्को, २५ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेका छन ।

    कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाईरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका हुन ।‘नेपाल लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतिय कम्पनी आइटीसी ईण्डिया मात्रै होइन् मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाईरहेका छन्,’ मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भने, ‘हामीहरुले चालू आर्थिक वर्षको बजेट मार्फत् निजी क्षेत्रको लगानीलाई थप सहजिकरण गर्ने प्रयास गरेका छौं । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौं ।’

    नेपाल सरकारले इज अफ डुइङ विजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले बताए ।  ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट विजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भने,  ‘जलविद्युत उत्पादन, प्रशारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’

    नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धीमा पनि सहयोग गर्न आग्रह गरेका हुन ।

    ‘अहिले तपाईंहरु संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनु हुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भईरहेको छ,’ मन्त्री महतले भने,  ‘निजी क्षेत्रले दीर्घकालनमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।’

    मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । भेटमा कोरियन अर्थमन्त्री चु क्यूङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुरयाउने अवस्थामा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धी सम्भव हुने बताए । उनले केही कोरियन लगानीमा दोहोरो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरेका थिए ।

    जवाफमा मन्त्री महतले दोहोरो कर सम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    मन्त्री महतले कोरियाका उपप्रधानमन्त्री महतलाई नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभयो । उपप्रधानमन्त्री चु क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथासक्य छिटो एजेण्डा तय गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानून राम्रो भएको भन्दै प्रशसा गर्नुभयो । भेटमा कोरियाका अर्थमन्त्रीले नेपालका जनताको जिवनस्थर सुधार गर्न आफूहरु सबै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
    नेपालले जलविद्युत परियोजना निर्माणमा राम्रो प्रगती गरे पनि कमजोर प्रशारण लाइनले जलविद्युत क्षेत्रबाट प्रयाप्त लाभ लिन नसकेकाले नेपालको प्रशारण लाइन निर्माणमा लगानी गर्न आग्रह गरेका थिए ।उता, सो छलफलको क्रममा कोरियन अर्थमन्त्रीले सन् २०३० मा कोरियाको बुसनले वल्र्ड एक्सपो आयोजना गर्न खाजेको भन्दै नेपाललाई सहयोग गर्न आरेका छन ।
    इटलीको रोम, साउदी अरेबियाको रियाद र कोरियाले सन् २०३० को एक्सपो आयोजना गर्न प्रतिस्पर्धा गरिरहेका छन् । जवाफमा मन्त्री महतले एक्सपो आयोजना गर्न कोरिया सक्षम भएको भन्दै कोरियनको आवेदनलाई समर्थन गर्ने विषयमा सकारात्मक छलफल गर्ने बताए ।

    कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई अर्थमन्त्री महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन मागसमेत गरेका छन । कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायु सेवा निगमलाई पनि सिधा उडान गर्न दिनु पर्ने मन्त्री महतको जोड थियो ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको संयुक्त बैठकमा भाग लिन मोरक्कोको मराकेस पुगेका अर्थ मन्त्री महतले कोरियाली अर्थ मन्त्रीसँग साइड लाइनमा वार्ता गरेका हुन ।  ‘कोरियाबाट एउटा मात्रै वायूसेवा कम्पनीले उडान गर्दा कोरिया र नेपालको हवाई भाडा महँगो छ । एउटै कम्पनीले एकाधिकारले हवाई भाडा महँगो हुँदा कोरिया रहेका नेपालीहरुले अन्य देश भएर आउनु परेको छ,’ मन्त्री महतले भने, ‘नेपाल वायुसेवा निगमले नयाँ विमान खरिद गरेको छ । नेपाली कम्पनीलाई पनि सिधा उडान गर्न दियो भने प्रतिस्पर्धाले हवाई भाडा घट्ने थियो । त्यसले नेपाली नागरिकका साथैं नेपाल घुम्न आउने कोरियन नागरिकलाई समेत सहज हुने थियो ।’

    नेपाल वायु सेवा निगमलाई कोरियामा उडान अनुमति दिन अर्थमन्त्री महतको आग्रह पछि कोरियाका उपप्रधान तथा अर्थ मन्त्रीले कोरियाली उड्डन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान गर्न दिनु पर्ने विषयमा सहयोग गर्ने बचन दिएका छन ।  ‘तपाईंले भनेको विषयमा म सकारात्मक छु,’ अर्थमन्त्री चु क्यूङले भन्नुभयो, ‘कोरियाली सम्बन्धी निकायमा म यो विषय पुर्याउने छु,’ उनले भने । न्यूजकारखानाबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ

  • १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

  • एनपीएलमा आज दुई खेल हुँदै

  • आज यी तीन प्रदेशमा आंशिक बदली हुने

  • समाचार
  • १

    बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ
    २०८२ मंसिर ११, बिहिबार

  • २

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
    २०८२ मंसिर ११, बिहिबार

  • ३

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ११, बिहिबार

  • ४

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ११, बिहिबार

  • ५

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • ६

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ७

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ८

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ९

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • १०

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution