२०८१ बैशाख २०, बिहिबार
काठमाडौं– बुद्ध एयरबाट दुई करोडभन्दा बढी यात्रुले सेवा पाइसकेका छन् । नेपाली आकाशमा सानो १८ सिटे विमानबाट उडान भरेको बुद्ध एयर २७औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा बुद्ध एयरबाट दुई करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेका छन् ।
हाल बुद्ध एयरसँग तीन वटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ विमान रहेका छन् । बुद्ध एयरले अक्टोबर महिनाभित्रै थप अर्को एटीआर जहाज भित्र्याउन लागेको छ । योसँगै बुद्ध एयरको जहाज संख्या १७ पुग्नेछ । वातावरणमैत्री जहाजका साथै हवाई कम्पनीमा कार्यरत टेक्निकल, पाइलट तथा ग्राउण्ड अपरेसन टिमका आफ्ना जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमनकारी निकायको आवश्यकता अनुसार निरन्तर क्षमता अभिवृद्धि गरिरहेको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए ।
बुद्ध एयरले ‘यात्रुको समय हाम्रो उडान’ भन्ने मन्त्रका साथ विभिन्न गन्तव्यमा उडान संख्या अभिवृद्धि गरेको जनाएको छ । पोखराका लागि दैनिक १७, विराटनगर तथा भैरहवाका लागि क्रमशः ९ र १० उडान भरिरहेको छ । यसबाहेकका गन्तव्यमा पनि आधा दर्जनभन्दा बढी उडान रहेको छ । सुर्खेत, तुम्लिङटार तथा धनगढीमा पनि विस्तारै उडान संख्या थप्ने बताइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे