२०८१ जेष्ठ ८, मंगलबार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ । उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनीक गरेको शर्तहरु पुरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्ने बैंकले जनाएको छ ।
प्रतियोगितामा सहभागि मध्य धेरै लाईक आउने तीन जना सहभागिलाई क्रमशः प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ३५ हजार रुपैयाँ र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिनेछ । यो प्रतियोगितामा सहभागि हुन कात्र्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्ने बैंकले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे