• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन १७, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
७

फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

२०८२ भाद्र १९, बिहिबार
८

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
९

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
१०

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
११

आज खग्रास चन्द्रग्रहण लाग्ने , यी चार राशीलाई शुभ

२०८२ भाद्र २२, आईतबार
१२

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार

यमोसा अर्थात् (पितृ औंसी) मनाउँदै चितवनका थारु समुदाय

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० आश्विन २७, शनिबार

  • १४४ पटक पढिएको
  • सञ्जय चौधरी, रत्ननगर, असोज २७ । चितवनका थारु समुदायले शनिवार दोस्रो ठूलो पर्व यमोसा अर्थात् (पितृ औंसी) मनाउँदैछन् । दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाइने यो पर्वको छुट्टै महत्व छ । यमोसा पर्वमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृलाई तर्पण गर्ने गर्दछन् । शुक्रवार व्यक्तिगत वा सामुहिकरुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मारेका थिए । आज (शनिवार) यमोसाको दिन बिहानै पुरुषहरु आफूले देखेका दाभी (सिरु) काटी ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाइ धोइपखाली घर अगाडि गाईको गोबरले पोतेको ठाउँमा पिर्का वा कुर्सीमा सो सिरुको मुठा राखी पितृ स्थापना गरिन्छ । त्यसलाई थारु भाषमा (पहुनी बेठोइ) भनिन्छ । पहुनीलाई विभिन्न थरिका फूलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखेर यो पर्व मनाइन्छ । यो पर्व सोमवार बिहान समापन हुन्छ ।
    यमोसा (पितृऔंसी) को परिचय
    थारु जाति संस्कृति सम्पदा भरिपूर्ण भएको समुदाय हो । थारु जातीले वर्षभरिमा दर्जनौं पर्वहरु मनाउँछन् । प्रत्यक पर्वको छुट्टै पहिचान, चिनारी अनि महत्व छ । यी पर्वहरुमध्ये यमोसा (पितृऔंसी) पर्व पनि एउटा ठूलो पर्व हो । यो पर्व चितवन अनि नवलपरासीका थारु समुदायले मात्रै मनाउने गर्दछन् । अन्य जिल्लाका थारु समुदायले भने यो पर्व मनाउदैनन् । वर्षभरिमा मृत्यु भएको हजुरबुबा, हजुरआमा, आमा, बुबा सम्झिने गर्दछ अनि त्यही दिन औंसी पनि परेको हुनाले यो पर्वलाई पितृ औंसी पनि भन्ने गरिन्छ । यो पर्व दसैंको घटस्थापनाको ठीक अगाडिको दिनमा पर्ने गर्दछ ।
    यमोसा पर्व दुई दिन धुमधामले मनाउने गरिन्छ । यमोसाको अगाडिको दिनमा माछा मार्ने गरिन्छ । त्यो दिनमा एक्लै अथवा समुहमा मिलेर ताल पोखरी नदीहरुमा घौंका, जाल, कोईनी, ढडिया, डेली सामानहरु लिएर माछा मर्न जाने चलन छ । अर्को दिन अर्थात आज (आइतवार) यम्वासाक दिनमा बिहानैं पुरुषहरु आफूले देखेको सिरुको घाँस काटेर ल्याउने गर्दछन् । सिरुको घाँस राम्रोसँग निफनेर एक हात जति लामो कुचोको मुठा बनाएर बाँध्ने गर्दछन् । घरको अगाडि आँगनमा पिर्कामा राखेर बसाउने कुचोको मुठोलाई पहुनी बसालेको भनिन्छ । पहुनीलाई घेरै किसिमको फुलमाला हालेर सजाइदिने गरिन्छ । पाहुनीलाई घाँम नलागोस भनेर छाँता ओढाउने पनि गरिन्छ । पाहुनीको अगाडि सुकमेल, सुपारी, रक्सी, चुरोट, सुर्ती राखिदिने गरिन्छ । त्यो दिन बिहानै साना बच्चा बच्चीदेखि लिएर बूढाबूढीसम्मका सबैले पहिल्यै मृत्यु भइसकेका हजुरबुबा, हजुरआमा, बुबा, आमाहरुलाई सम्झेर कुश पानी चढाई सम्झी पानीले नुहाईदिने गरिन्छ । नुहाईसकेपछि सफालुगा लगाएर पाहुनीको अगाडि बसेर घरका सम्पूर्ण परिवार मिलेर अलिअलि पानी अनि रक्सीको थोपा चढाउने गरीन्छ । त्यस्पछि मात्रैे भात अनि अरु खानेकुरा खान मिल्ने गर्दछ ।
    पहिला सुरुमा आफ्नो छोरीज्वाई अनि अन्य पाहुनालाई बोलाएर आदर सम्मानका साथ चौंरासी व्यञ्जन खुवाउने गरिन्छ । (यस्लाई पितरी बसालेको भनिन्छ) घरमा आएका पाहुनाहरुलाई खाना खुवाएर मात्रै आफु अनि घरका अन्य सदस्यहरु खाना खान बस्ने गरिन्छ । अनि केटीहरुले पाहुनाहरुलाई कपालमा तेल लगाएर काङ्गीयोले कपाल कोरिदिने गर्दछन् । त्यसपछि उल्टो नाङ्लोमा पानी हालेर पाहुनाहरुलाई पानी छर्किने गरिन्छ । यस्लाई पित पितराईन लखेटेको भनिन्छ । त्यो घरमा जोसुकै आएपनि त्यो दिनमा पाहुना आएको भन्ने गरिन्छ । अनि पाहुनालाई केहि खानेकुरा जस्तै रक्सी, जाँड, मासु भात, खुवाएर आदर सम्मानका साथ मात्रै बिदा गर्ने गरिन्छ । यमोसाको दिनमा पाहुनाहरुलाई पितृगणको रुपमा हेर्ने चलन छ । यस्तै खानपिन दिनभरी चलिरहन्छ । यता गाउँका सम्पूर्ण मानिसहरु एकैठाउँमा भेलाभई पिङ खेली रमाईलो गर्ने गरिन्छ । पहिले पहिले एउँटै ठूलो रुखमा पाँच छ ओटा पिङ हाली खल्ने गरिन्थ्यो । अनि केटाहरु साँझ पख गाउँको चोकमा गई सिरु घाँसले बाटेको डोरी म्वाढ्हा गाड्छन अनि बलिया बलिया मानिसहरुले त्यस्लाई उखाल्न कोसिस गर्ने गर्दछन् । साँझ पख स–साना केटाकेटीहरु ग्रुप ग्रुपमा मिलेर सम्पूर्णको घर घरमा गई यमोसा खाने चलन छ । प्रत्यको घरमा धेरै किसीमको परम्परागत गीतहरु गाएर यमोसा खाने गर्दछन् । उनीहरुले गाउने थारु गीतहरुका केही अंश यसप्रकारका छन् ः
    गीत नं. १ डौली डौली मोदवा देले दबकाई
    मोदहर्नीक मोदवा घुघल बाजे
    बौरी बौरी मोदवा देले निसकाई
    गीत नं. २ भन्साक लकर–तकर मजीघर छमाकरी,
    कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी
    गीत नं. ३ पाता परैय गेल, भात परैय गेल,
    दाली परैय गेल, मासु परैय गेल,
    यौर परल गजमोती जेवहुँ सभरे,
    गोतियवा–गोतिनिया मन चितलाई
    तर अब ती गीतहरु, ती म्वाढ्हा र पिङहरु, पितरी र पिलपित्रायनहरु, ती पाहुना पहुनी र हरुसबै सबै लोप हुँदै गईरहेको थारु कल्याणकारिणी चितवनका सभापति ललित कुमार चौधरीले बताए । पछिल्लो समयमा यस्ता परम्परागत गीतहरु हराउदै गएको हुनाले आगामी दिनहरुमा यसको संरक्षण गर्न आवश्यक देखिएको उनको भनाई छ ।
    हाम्रो देशको सन्दर्भमा सर्वस्वीकार्य र सर्वमान्य तथ्य कुरा के हो भने नेपाल एक बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक हो । दर्जनभन्दा बढी धर्म, सयभन्दा बढी भाषाभाषी र जातजाति तथा त्यसभन्दा पनि कैयौं बढी रितिरिवाज, परम्परा, चालचलन, संस्कार तथा संस्कृतिहरु नेपालको गौरव र गरिमामय चिनारी हुन् । जातीय विविधता तथा सांस्कृतिक विविधता हामी सम्पूर्ण नेपाल र नेपालीको राष्ट्रिय पहिचान हो । त्यसकारण सबै किसिमका संस्कृतिहरु समान रुपमा हुर्कने र मौलाउने वातावरण देशमा हुन सकेको खण्डमा सयौं थुँगा फूलका हामी एउटै माला नेपाली राष्ट्रगानको औचित्य हुनसक्छ । त्यसैले हाम्रा सबै किसिमका संस्कृतिहरुलाई एउटै प्लेटमा सजाएर सलाद संस्कृति को रुपमा विकास गर्नुपर्छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • कारागारबाट भागेका कैदीबन्दीलाई घरमा आश्रय दिनेलाई समेत कारबाही हुने

  • बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

  • असोज २१ गतेसम्म बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक

  • यी तीन प्रदेशमा भारी बर्षाको सम्भावना

  • समाचार
  • १

    कारागारबाट भागेका कैदीबन्दीलाई घरमा आश्रय दिनेलाई समेत कारबाही हुने
    २०८२ आश्विन १७, शुक्रबार

  • २

    बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते
    २०८२ आश्विन १७, शुक्रबार

  • ३

    असोज २१ गतेसम्म बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक
    २०८२ आश्विन १७, शुक्रबार

  • ४

    यी तीन प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८२ आश्विन १७, शुक्रबार

  • ५

    नेपाल मलेसियासँग तीन रनले पराजित
    २०८२ आश्विन १६, बिहिबार

  • ६

    शुक्रबारदेखि-सोमबारसम्म जरुरी नभए यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
    २०८२ आश्विन १६, बिहिबार

  • ७

    बडा दशैंको टीका आज: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा
    २०८२ आश्विन १६, बिहिबार

  • ८

    बेमौसमी फूल खेती गरेका लोकेन्द्रको बार्षिक आम्दानी १५ लाख रुपैँया
    २०८२ आश्विन १५, बुधबार

  • ९

    नवरात्रको अन्तिम दिनः आज महानवमी पर्व मनाइँदै
    २०८२ आश्विन १५, बुधबार

  • १०

    गुल्मीमा नाबालिका बलत्कारको अभियोगमा एक युवक पक्राउ
    २०८२ आश्विन १४, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution