२०८२ जेष्ठ ९, शुक्रबार
उहाँले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन र नेपाली नागरिकता प्राप्तिका लागि लड्न आफ्नो भूमिका अग्रणी रहने बताउनुभयो । विगत १४ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय र नेतृत्वदायी भूमिका खेल्दै आएका गैरे प्रवास र नेपालमा सामाजिक सेवामा पनि उत्तिकै सकृय हुनुहुन्छ ।
गैरेले पोर्चुगललगायत युरोपमा असामयिक निधन भएका व्यक्तिहरूको शव नेपाल पठाउन व्यक्तिगतरूपमा लाखौं रुपैयाँ आर्थिक सहयोग गरेको, पोर्चुगलमा अलपत्र परेर सडकमा बस्ने दर्जनौं व्यक्तिको उद्धार गरी नेपाल पठाउने र कतिपयलाई पोर्चुगलमै पुनः स्थापित गराउन अगुवाई गरेको बताउनुभयो ।
नवलपुरमा अपांगता भएका व्यक्तिहरूलाई ह्वील चेयरहरू उपलब्ध गराएको, कोरोना महामारीको बेला अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरेको, पोर्चुगलमा नेपालीहरू बसेको घरघरमा पुगेर खाद्यान्न लगायत औषधीहरू वितरण तथा कोरोना संक्रमितको उपचारका लागि पहलकदमी र अगुवाइ गरेको, एकल सुत्केरी महिलाहरूलाई आर्थिक सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो ।
गैंडाकोट खेलकुद विकास समितिका संस्थापक महासचिव रहेका गैरेले नेपालका विभिन्न जिल्लाहरूमा खेलकुद सामग्री उपलब्ध गराउने र खेलकुद विकासका लागि आर्थिक सहयोग रहेको धारणा राख्नुभयो । उहाँ गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्य, लेखा संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र अध्यक्ष हुनुभएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे