२०८१ बैशाख २४, सोमबार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्ले भन्सार छलेर ल्याइएको सामानहरु बरामद गरेको छ । प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको कम्प्युटर, ल्यापटप तथा कम्प्युटरका पार्टसहरू बरामद गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं.५ स्थितमा रहेको एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहले आफ्नै चार तल्ले पक्की घरको भुई तल्लामा भन्सार छली चोरी पैठारी गरी ल्याएका राखेका थिए । उनले कम्प्युटर, ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरू अनाधिकृतरूपमा भण्डारण गरेको पाइएको छ ।
उनको घरको भुई तल्ले कोठाबाट तल उल्लेखित परिमाणको कम्प्युटर, ल्यापटप, मोनिटर, ईलेक्ट्रोनिक सामानहरू एकाउन लाख छबीस हजार सात सय रुपैयाँ बराबरका सामानहरू बरामद गरिएको छ । ती सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याएको प्रज्ञापनपत्र विल बिनाको सामानहरू रहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे