२०८१ जेष्ठ ५, शनिबार
चितवन। भरतपुरको भाटभटेनी सुपरमार्केट नजिकैको खोल्सोमा एक व्यक्तिको शव फेला परेको छ।
मृत व्यक्ति भरतपुर-१० बस्ने अन्दाजी ४५ वर्षका प्रकाश आले मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पंडितले जानकारी दिए।
मृत व्यक्ति शारीरिक अपांगता भएको व्यक्ति रहेको र नाला तर्ने क्रममा खसेको हुनसक्ने प्रहरीको अनुमान छ।
उनी घोप्टो परेको र अनुहार पानीमा डुबेको अवस्था भेटिएका थिए। उनले मदिरा सेवन गरेको हुनसक्ने आशंका पनि प्रहरीको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ। शव पोष्टमर्टमका लागि भरतपुर अस्पतालमा पठाइएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे