२०८२ जेष्ठ ७, बुधबार
zjaxfgdf zj /fVb} g]kfnL ;]gf sf7df8f}, % sflQs M Oh/fon o'4df Hofg u'dfPsf bfr{'nfsf ljBfyL{ nf]s]G›l;+x wfdL / bLk]z/fh lai6sf] ;j cfOtaf/ uf8Ldf /fVb} g]kfnL ;]gfsf] 6f]nL . tl:a/ M ljdnaxfb'/ lai6. /f;;
इजरायल सरकारले पहिचान खुलेका चार जनाको शव कानूनी प्रक्रिया पूरा गरी नेपाली दूतावासमा बुझाएसँगै आइतवार बिहान शव काठमाडौं आइपुगेको हो । नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज बिष्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव आजै काठमाडौँ आइपुग्ने बताइएको छ । न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो । आइतवार बिहान धामी र बिष्टको शव विमानस्थल आइपुगेको हो ।
नेपाल शव आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, नेपालका लागि इजरायली राजदुत हाना गोडरलगायत अधिकारीहरू पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । चौधरीको शव नेपाल आइपुगेसँगै चार वटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिने बताइएको छ । धनगढीमा स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुगाउने व्यवस्था गर्नेछ । अन्य ६ जनाको शव पनि आवश्यक व्यवस्था मिलाइ नेपाल पठाउने तयारी भइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे