२०८२ बैशाख १८, बिहिबार
आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल त्रिभुवन बिश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ ।
यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर ओमानसँग प्रतिस्पर्धा गर्न पुगेकाे हाे भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो ।
नेपालले ओमानसँग आफनो समुह अर्थात समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ ।
टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे