२०८२ जेष्ठ १, बिहिबार
सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट निवेदन पेश भएको अदालतका प्रवक्ता भद्रकाली पोखरेल जानकारी दिए । कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदनहरु पेश गरेका हुन् ।
टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका हुन् । निवेदन अधिवक्ता नेपालका अनुसार आउँदो मंसिर ४ गते पहिलो पेशी समेत तोकेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे