२०८२ बैशाख ३१, बुधबार
ciaa
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले बताए।
उनकाअनुसार रामेछाप मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र निर्मला खत्रीविरूद्ध मुद्दा दायर भएको हो।
खत्रीले आफ्ना श्रीमानको मृत्यु भएको भन्दै दर्ता गरी एकल महिला भत्ता लिएको आरोप छ।
यता वडा सचिवले उक्त भत्ता लिनको लागि एकल महिला परिचय पत्र बनाउन लिखत बनाइदिएका थिए। मृत्यु दर्ता अभिलेख बनाएर भत्ताको परिचय पत्र बनाइदिएको आरोप उनीमाथि छ।
यसरी भत्ता लिइरहेको भन्ने सूचना पाएपछि अख्तियारले अनुसन्धान गरी दुई जनाविरूद्ध मुद्दा दायर गरेको हो। एकल महिला भत्ताबाट खत्रीले ४५ हजार दुई २० रुपैयाँ लिएको पाइएको छ।
अख्तियारले उक्त रकम असुल गरी सजायको मागदाबी गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे