२०८२ अषाढ २९, आईतबार
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, उपाध्यक्ष उदय जिएमलगायतको उपस्थिति थियो । भूकम्पबाट पीडित व्यक्ति र भूकम्पले क्षति पुर्याएको स्थलमा समाचार सङ्कलन गर्दै आएका पत्रकारलाई चिसोको समयमा राहत पुगोस् भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिए ।
ती सामाग्री सम्बन्धित क्षेत्रमा खटिएका पत्रकारलाई आजै वितरण गरिएको पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।
चिसोको समयमा पत्रकारका लागि न्यानो कपडा उपलब्ध गराउनाका साथै जिल्लामै आएर मोफसलका पत्रकारलाई भेटघाट गरी हौसला बढाउँदा आफूहरूको मनोबल बढेको उनको भनाइ थियो ।
हिजो सल्यान जिल्लाको विभिन्न ठाउँमा भूकम्पपीडितसँग भेटघाट गर्नुभएकी मन्त्री शर्मा आज रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित क्षेत्रमा पुग्ने कार्यक्रम रहेको बताइएको छ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे