२०८२ अषाढ २९, आईतबार
‘इयर अफ मिलेट्स’ मा नवलपरासी बर्दघाट -४ का २५ वर्षीया अधिकारीले खिचेको तस्बिरले दोस्रो स्थान हात पार्न सफल भएको हो। उक्त प्रतियोगिता भने दक्षिण अफ्रिकाका फोटोग्राफर जोनाथन रिजले जितेका छन्।
प्रतियोगितामा ५८ देशका झन्डै ८०० फोटोग्राफर सहभागी थिए। जसमा कोदो संरक्षणमा महिलाको भूमिकाबारे खिचिएको तस्बिर दोस्रो स्थानमा पर्न सफल भएको हो।
सांस्कृतिक र पौष्टिक महत्वको नगदे बाली कोदो नेपाली ग्रामीण परिवेशमा अभिन्न अंग बनेको र कोदो संरक्षणमा महिलाको ठूलो भूमिका रहेको फोटोग्राफर अधिकारीले फोटो क्याप्सनमार्फत् बताएका छन्।
फोटोग्राफर अधिकारी विगत पाँच वर्षदेखि प्रकृति तथा संस्कृति संरक्षणमा काम गरिरहेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे