• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २२, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
४

सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक

२०८३ भाद्र २३, मंगलबार
५

च्यारिटी क्रिकेटले ल्याएको चेपाङ बालबालिकाको मुहारमा मुस्कान

२०८३ भाद्र २८, आईतबार
६

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
७

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र २६, शुक्रबार
८

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

२०८३ भाद्र २९, सोमबार
९

रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता

२०८३ भाद्र २४, बुधबार
१०

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र २५, बिहिबार
११

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ भाद्र २४, बुधबार
१२

बालेनलाई अमरेशको चेतावनी- तपाइँ तासको पत्ता हो !

२०८३ भाद्र २५, बिहिबार

निमोनिया रोकथामका लागि तयारी रहन निर्देशन

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० पौष ६, शुक्रबार

  • २८१ पटक पढिएको
  • काठमाडौँ । चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको बताए ।

    बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस)ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ । कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उनले जानकारी दिए ।

    बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्समा चेकजाँच कडाइ गरिएको बताए । “चीनमा यसको सङ्क्रमण देखिएको पनि धेरै समय भयो । यदि नेपालमा प्रवेश गर्ने थियो भने पहिल्यै नै आइसक्ने थियो”, उनले भने, “अहिले हामीले अस्पताललाई तयारी अवस्था राखेका छौँ भने सबैलाई सचेत रहन आग्रह गरेका छौँ ।”

    मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले नेपालमा यसअघि देखिएका भन्दा फरक र लामो समयसम्म निमोनियाका लक्षण देखिएका बिरामीको नमुना सङ्कलन गर्न सम्बद्ध सबैलाई निर्देशन दिइएको बताए । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले उक्त निमोनियाको रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरिसकेको उनले जानकारी दिए ।

    महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त ओझाले सम्भावित जोखिम कम गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरिएको बताए । उनले चीनमा देखिएको निमोनिया कुनै नौलो किसिमको सङ्क्रमण नभएको र  श्वासप्रश्वाससम्बन्धी रोग रहेको उल्लेख गर्दै सबै निकायलाई सचेत बनाइएको जानकारी दिए ।

    “चीनमा एक्कासि धेरै बालबालिका निमोनिया देखिएको छ । कोरोना र मङ्किफक्सले गर्दा हामी झस्किएका छौँ । त्यसैले बेलैमा निमोनियाको रोकथाम र उपचारका लागि तयारी अवस्थामा रहन सबै निकायलाई निर्देशन दिएका छौँ,” ओझाले भने । उनले उक्त निमोनियाको परीक्षण गर्ने व्यवस्था नेपालमा रहेको भन्दै जोखिमको तह बढ्दै गए सोही अनुसार उपचार र रोकथाम गरिने बताए ।

    कान्ति बाल अस्पतालका निर्देशक डा.पङ्कज रायले निमोनियाको उपचारका लागि अस्पताल तयारी अवस्थामा रहेको बताए । “हाम्रीले अस्पतालमा चिकित्सकको समूहलाई निमोनियाको उपचारका लागि तयारी अवस्थामा राखेका छौँ,” उनले भने ।

    रायका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (आरएसभी) गर्दा भएको निमोनियाले बच्चामा लामो समयसम्म रुघाखोकी लाग्ने, जीउ दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या आउने, ज्वरो आउने, छाति बज्ने, सिँगान बग्नेलगायत जस्ता लक्षण देखिने गर्दछन् ।

    उनले अहिले पनि अस्पतालमा निमोनियाको प्रभावकारी उपचार भइरहेको भन्दै भने, “हामी कहाँ अहिले पनि आरएसभीले गर्दा हुने बिरामी छन् । चीनमा देखिएको आरएसभी भने यहाँ देखिएको भन्दा कडा खालको हो ।” रासस

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • गण्डकी सहितका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

  • कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको यस्तो छ तयारी

  • गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

  • समाचार
  • १

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २२, बिहिबार

  • २

    गण्डकी सहितका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २०, मंगलबार

  • ३

    कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको यस्तो छ तयारी
    २०८३ आश्विन १९, सोमबार

  • ४

    गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन १९, सोमबार

  • ५

    खुलामञ्चमा कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
    २०८३ आश्विन १८, आईतबार

  • ६

    होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
    २०८३ आश्विन १८, आईतबार

  • ७

    काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत
    २०८३ आश्विन १७, शनिबार

  • ८

    नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
    २०८३ आश्विन १७, शनिबार

  • ९

    भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त
    २०८३ आश्विन १६, शुक्रबार

  • १०

    प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक
    २०८३ आश्विन १६, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution