२०८१ बैशाख २४, सोमबार
ज्ञानु पंगेनी,कावासोती । नवलपुरको बौदीकाली र बुलिङटारमा भएको छुट्टाछुट्टै घटनामा दुई जना घाईते भएका छन् ।
बौदीकाली गाउँपालिका एक स्थित खोलाको ढिकमा गोरु चराइरहेको बेलामा खस्न जाँदा सोही पालिकाको दुई नम्बर वडामा बस्ने ७३ वर्षीय बलबहादुर श्रेष्ठ घाईते हुनुभएको इलाका प्रहरी कार्यालय डेढगाउँले जानकारी दिएको छ । श्रेष्ठ पाँच मिटर तल खोलामा खसी घाइते भएको र रकुवा स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बुलिङटार गाउँपालिका चार देउराली निवासी २२ वर्षीय दिनेश बराल रुखबाट लडेर घाइते भएका छन् । जाल्माको रुखमा चढेर घाँस काट्नेक्रममा लड्दा ढाड , टाउको र खुट्टामा चोट लागेको प्रहरीचौकी बुलिङटारले जनाएको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे