२०८२ बैशाख ३०, मंगलबार
उद्योगले वातावरण प्रदूषण बढाएको, फोहोर गरेको, धुलोधुँवा गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । स्थानीय बासिन्दाले प्रदूषण नहुने वातावरण उद्योगले बनाउनुपर्ने, उद्योगका कर्मचारीबाट हुने गरेको फोहोर गर्न रोक्नुपर्ने माग गर्दै आएका छन् । तालाबन्दीले कम्पनीको प्रशासनिक कामलाई प्रभावित पारेको छ ।
उद्योगलाई पटक–पटक सचेत गर्दासमेत अटेर गरेपछि तालाबन्दी गर्न बाध्य भएको स्थानीय बासिन्दा विजय ज्ञवालीले बताउनुभयो । उहाँले आफूहरूका माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने अडान राख्नुभयो । रैनादेवी छहरा–२ का वडाअध्यक्ष दानबहादुर पौडेलले कम्पनी र स्थानिय बासिन्दाका बीचमा सहमतिको प्रयास गरिएपनि समाधान नहुँदा तालाबन्दी भएको बताउनुभयो ।
सिजी कम्पनीका प्रतिनिधि पदमबहादुर सिंहले भने स्थानीय बासिन्दाकै सहयोगमा उद्योग सञ्चालन गर्ने बताउनुभयो । उहाँले स्थानीय बासिन्दालाई सहमतिमा ल्याएर उद्योग सञ्चालनलाई निरन्तरता दिए यस भेगका नागरिकलाई फाइदा पुग्ने बताउनुभयो । सुरुवाती चरणमा भएकाले केही समस्या भए पनि विस्तारै समस्याको समाधान हुँदै जाने सिंहको भनाइ छ ।गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे