२०८२ बैशाख २९, सोमबार
चितवनका सात वटा स्थानीय तहले भाग लिएको सो प्रतियोगितामा रत्ननगर नगरपालिका द्धितीय र माडी नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिनुभयो ।
निर्धारित दुरी १२ मिनेट ४५ सेकेण्डमा पार गरी खैरहनीको प्रतिनिधित्व गरेका होमबहादुर कुमालले चलाएको डुंगा प्रथम भएको थियो। त्यस्तै १२ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गरी रत्ननगरको प्रतिनिधित्व गरेका आइते तामाङले चलाएको डुंगा द्धितीय र १२ मिनेट ४७ सेकेण्डमा निर्धारित दुरी पार गरी माडीको प्रतिनिधित्व गरेको दीपक बोटेले चलाएको डुंगा तृतीय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।
सौराहा स्थित राप्ती नदीको एक हजार ५०० मिटरमा डुंगादौड प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई महोत्सव समापन समारोहमा शिल्ड र नगद पुरस्कार प्रदान गरिने छ । महोत्सव अन्तर्गत बुधबार हात्ती सुन्दरी प्रतियोगिता गरिएको छ ।
प्रतियोगितामा भाग लिएका अन्य छ वटा हात्तीलाई पछि पार्दै सेल्फी कलीले हात्ती सुन्दरीको ताज पहिरीन सफल भएकी हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे