२०८२ अषाढ २९, आईतबार
फोनपेसँग सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरू गरौँ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहन गरेको छ।
फोनपे क्युआर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्ताहरूलाई सरल र सुविधाजनक बनाउँदै धेरै मानिसहरू माझ थप उजागर गराउनु यस अभियानको उद्देश्य रहेको कम्पनीले बताएको छ।
पुस १३ गतेदेखि पुस १७ गतेसम्म चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्युआर अथवा फोनपे डिरेक्ट सेवा, अभियान समय अवधिभर पाँच पटकसम्म प्रयोग गर्नुपर्ने सर्त लागू गरिएको छ।
त्यसको साथै फोनपे क्युआर वा फोनपे डिरेक्ट, दुबै सेवा ५ पटकसम्म प्रयोग गरेर पनि ग्राहकहरूले अभियानमा सहभागिता जनाउन सक्नेछन्।
यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई एमआई–साओमी १२ स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने कम्पनीले बताएको छ।
यस अभियानमार्फत् फोनपेले, फोनपे सेवाहरूद्वारा व्यक्तिहरूलाई डिजिटल भुक्तानी विधिहरू अपनाउन प्रेरित गर्न खोजेको बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे