• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र १२, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

२०८२ श्रावण १७, शनिबार
२

देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला

२०८२ श्रावण १७, शनिबार
३

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
४

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार
५

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

२०८२ श्रावण ३०, शुक्रबार
६

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
७

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
८

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
९

कावासोती खरकट्टा जंगलमा अनियन्त्रित भई बस पल्टियो, १३ जना घाइते

२०८२ श्रावण ३०, शुक्रबार
१०

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
११

सनलाइट सामुदायिक विकास केन्द्र कावासोतीको आयोजनामा क्रिकेट प्रतियोगिता हुँदै

२०८२ श्रावण ३१, शनिबार
१२

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
Ad Logo
Advertisement

वरिष्ठ कवि विनोदीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान अर्पण

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० पौष १६, सोमबार

  • १७८ पटक पढिएको
  • काठमाडौं, पुस १६ गते, नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको २०८० सालको ‘सुभद्रा विश्वराज स्रष्टा सम्मान’ चितवनका वरिष्ठ कवि गोविन्दराज विनोदीलाई एक विशेष समारोहबीच आज राजधानीमा अर्पण गरिएको छ ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले उहाँलाई सम्मान गर्नुभएको हो । समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार विधान आचार्यद्वारा स्थापित उक्त सम्मानको राशि २१ हजार १११ रहेको छ ।

    समाजको १७औं स्थापना दिवस तथा १७औं वार्षिक साधारणसभाको अवसर पारेर आयोजित तथा अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रथम सत्रमा उपाध्यक्ष चेतनाथ कणेल हरितले स्वागत मन्तव्यका साथ संस्थाको परिचय दिनुभएको थियो भने महासचिव देविका तिमिल्सिनाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारा सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सचिव प्रकाश घायलद्वारा सञ्चालित उक्त सत्रमा सल्लाहकारहरू शैलेन्द्र साकार, चन्द्रप्रसाद भट्टराई, विधान आचार्य तथा रमा शर्मा र समाजका बागमती प्रदेश संयोजक रवीन्द्र आशिष शैली, गण्डकी प्रदेश संयोजक रीता न्यौपाने पहारी तथा कर्णाली प्रदेश संयोजक देवकी तिमिल्सिनाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको दोस्रो सत्र भने विशेष साहित्यिक कार्यक्रमका साथ सम्पन्न भएको थियो । यसअन्तर्गत वरिष्ठ कवि विनोदीलाई सम्मान, पूर्वअध्यक्ष एवं सल्लाहकार चन्द्रप्रसाद भट्टराईलाई सम्मान, कवि उद्धवबहादुर भण्डारी (भोजपुर) को ‘अपाङ्गता आवाज’ शीर्षकको कविता–संग्रहको लोकार्पण तथा समाजका नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरणजस्ता विविध क्रियाकलापहरू सम्पन्न भएका थिए ।

    सम्मानित वरिष्ठ स्रष्टा विनोदीको परिचय समालोचक ज्ञानु अधिकारीले र ‘अपाङ्गता आवाज’ कविता–संग्रहको संक्षिप्त परिचय प्रा.डा. गोविन्दमानसिंह कार्कीले दिनुभएको थियो । महासचिव देविका तिमिल्सिनाद्वारा सञ्चालित यस कार्यक्रममा समाजका अध्यक्ष रोदनले विशेष सम्बोधनका साथ केही समयभित्रै नेपाल स्रष्टा समाजमा ‘रेखा–पवन स्रष्टा सम्मान’ को थालनी हुने र सोही प्रयोजनका लागि समाजका पूर्व अध्यक्ष तथा संरक्षक पवन आलोक र आजीवन विशिष्ट सदस्य तथा आलोककी धर्मपत्नी रेखा कँडेलका छोरीहरू (३ जना), छोरा तथा बुहारीको संयुक्त प्रयासबाट १५ लाख रुपैयाँको अक्षयकोष रहने व्यवस्था गर्न लागेको विशेष (सरप्राइज) सन्देशको घोषणा गर्नुभएको थियो ।

    त्यसैगरी, समाजका आजीवन विशिष्ट सदस्य एवं ‘योगमाया अभियन्ता राष्ट्रिय’ सम्मानका संस्थापक राजेश न्यौपाने परिवारले समाजका सल्लाहकार वरिष्ठ साहित्यिक पत्रकार, ‘अभिव्यक्ति’ द्वैमासिकका संस्थापक तथा साहित्यकार नगेन्द्रराज शर्माका नाममा राखिएको तथा पवन आलोकबाटै अध्यक्षता ग्रहण गरिएको ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोष’मा रु. एक लाख एक सय एघारको चेक कोषका अध्यक्ष आलोकलाई सोही अवसरमा हस्तान्तरण गर्नुभएको थियो ।

    सम्मान कार्यक्रमका अवसरमा सम्मानित व्यक्तित्व विनोदी तथा भट्टराईले आफू सम्मानित हुन पाउँदा गौरवान्वित महसुस गरेको बताउनुभएको थियो भने प्रमुख अतिथि प्रा.डा. सुवेदी तथा संरक्षक पवन आलोकले उहाँहरूलाई बधाई दिँदै समाजका पछिल्ला गतिविधिले आफू निकै प्रसन्न रहेको कुरा उल्लेख गर्नुभएको थियो ।

    समग्र कार्यक्रमको अन्त्यमा कोषाध्यक्ष तारा सुवेदीले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । स्मरणीय छ, नेपाल स्रष्टा समाजले १७औं स्थापना दिवसको सन्दर्भ पारेर गतः पुस १३ गतेदेखि सप्ताहव्यापी विशेष साहित्यिक कार्यक्रम गरिरहेको छ ।

    पहिलो दिन उद्घाटन तथा पर्या एवं सम्पदा कवि–गोष्ठी, दोस्रो दिन युवाकवि देबु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ अर्पण तथा कवि–गोष्ठी र तेस्रो दिन निबन्ध–गोष्ठी सम्पन्न भइसकेको छ । आजको कार्यक्रम चौथो दिनको कार्यक्रम थियो । बाँकी तीन दिनमा ‘साहित्यिक पत्रिकामा भाषिक एकरुपता’ गोष्ठी (पुस १७), स्रष्टासँग विद्यार्थी अन्तक्र्रिया कार्यक्रम (पुस १८), तथा सप्ताहव्यापी कार्यकमको समीक्षाका साथ प्रदेश संयोजकहरूको विशेष बैठक (पुस १९ गते) राखिएको कुरा समाजका अध्यक्ष रोदनले बताउनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पशुपतिमा शवको हड्डी किनबेच प्रकरणमा ४ जनाविरुद्ध मुद्दा दर्ता

  • पौडी खेल्ने क्रममा बेपत्ता भएका ४ जनाको शव फेला

  • नेपालमा जापानिज इन्सेफ्लाइटिसका कारण २० जनाको मृत्यु, १ सय ३ जना संक्रमित

  • विद्या भण्डारीलाई सम्झाउनुपर्छ, उल्काउनु हुँदैन- ओली

  • समाचार
  • १

    पशुपतिमा शवको हड्डी किनबेच प्रकरणमा ४ जनाविरुद्ध मुद्दा दर्ता
    २०८२ भाद्र १२, बिहिबार

  • २

    पौडी खेल्ने क्रममा बेपत्ता भएका ४ जनाको शव फेला
    २०८२ भाद्र १२, बिहिबार

  • ३

    नेपालमा जापानिज इन्सेफ्लाइटिसका कारण २० जनाको मृत्यु, १ सय ३ जना संक्रमित
    २०८२ भाद्र १२, बिहिबार

  • ४

    विद्या भण्डारीलाई सम्झाउनुपर्छ, उल्काउनु हुँदैन- ओली
    २०८२ भाद्र १२, बिहिबार

  • ५

    शिक्षक महासंघद्धारा एमाले पार्टी कार्यलयमा धर्ना
    २०८२ भाद्र १२, बिहिबार

  • ६

    डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु
    २०८२ भाद्र १२, बिहिबार

  • ७

    नेपाली राष्ट्रिय क्रिकेट टिमले आज साउथ अस्ट्रेलियासँग दुई खेल खेल्दै
    २०८२ भाद्र १२, बिहिबार

  • ८

    रुबी शाहको हत्याका आरोपी पासवानको उपचारको क्रममा मृत्यु
    २०८२ भाद्र १२, बिहिबार

  • ९

    जम्मू कश्मीरमा भिषण बर्षापछि पहिरो, वैष्णोदेवी जाने ३२ भक्तजनको मृत्यु
    २०८२ भाद्र १२, बिहिबार

  • १०

    यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना
    २०८२ भाद्र १२, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution