२०८२ जेष्ठ ३, शनिबार
उक्त शव छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोली घट्नास्थल पुगेको थियो । त्यस क्रममा प्रहरीले अरनिको राजमार्गको साँगाबाट जगातीतर्फ आउने बाटोको साईडमा सडकवाट करिव ३० फिट तल खसेको अव्यवस्थामा प्रदेश २–०३-०१९ प १०५८ नम्बरको बुलेट मोटरसाइकल दुबै पाङ्ग्रा उत्तानो परी महिलालाई थिचेको अवस्थामा फेला पारेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा निज मृतक युवती नवलपरासी जिल्ला कावासोती घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने बर्ष २२ कि ममता चुवाईको रहेको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे