• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ११, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
६

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
७

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
८

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
९

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
१०

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
११

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार
१२

बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

२०८२ कार्तिक १४, शुक्रबार

पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० माघ १, सोमबार

  • १३६ पटक पढिएको
  • पोखरा । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिए। श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन । परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसोको नभई बिहानै घर पुग्ने योजनाअनुसार विमानको टिकट काटेका थिए। उनले टिकट काटेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १०ः५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए ।

    दुर्घटनासम्बन्धी समाचार, तस्बिर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् पनि त्यही विमानमा सवार थिए भन्ने हेक्का थिएन । त्यस दिन दिउँसोसम्म सामाजिक सञ्जालमा मृतकको सूचीमा श्रीमान्को नाम देख्दा पनि उनलाई विश्वास लागेको थिएन ।

    “उहाँ (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ”, प्रतिभाले भनिन्, “आज घर आउन पाउँदिन भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।”

    दुर्घटना भएको आज एक वर्ष बित्यो तर प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ । “त्यो बेला त्रिभुवन काठमाडौँ जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन”, प्रतिभाले श्रीमान् काठमाडौँ जानुअघिको दिन सम्झँदै भनिन्, “सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।”

    प्रतिभाको काँधमा श्रीमान् गुमाउनुको पीडासँगथै छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोराकै लागि भए पनि उनी आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा छिन् । छोरा इभान अहिले पाँच वर्षमा प्रवेश गर्दैछन् । अटिज्म भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमान्को सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ ।

    दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ । “अरूका लागि त्यो दुर्घटना एउटा दुःखलाग्दो घटना मात्रै होला, तर हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ”, प्रतिभाले पीडा सुनाइन् ।

    सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुलाउन सकिरहेकी छैनन्। “भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेक थिएँ”, उनले भनिन्, “तर त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।” गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आएकी छन्।

    अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आइटीसम्बन्धी व्यापारको तयारीमा पनि जुटेका थिए । दुई साताअघि दुबईबाट नेपाल आएका शाही तत्काल कामविशेषले केरला पुगेका थिए। अनिलले आफू पोखरा आउने बित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बनाएका थिए।

    प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए ।

    सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सकेका छैनन्।

    दुर्घटनाको छानबिन गर्न घटना भएकै दिन गठित दुर्घटना जाँच आयोगले गत पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक मानेको थियो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटना भएको उल्लेख छ ।

    आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एनपीएलमा आज दुई खेल हुँदै

  • आज यी तीन प्रदेशमा आंशिक बदली हुने

  • यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

  • जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ

  • समाचार
  • १

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ११, बिहिबार

  • २

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ११, बिहिबार

  • ३

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • ४

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ५

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ६

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ७

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • ८

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • ९

    फिल्म ‘परालको आगो’ बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने
    २०८२ मंसिर ९, मंगलबार

  • १०

    चितवनमा ४ महिनामा सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution