२०८२ बैशाख ३०, मंगलबार
काठमाडौँ, २ माघ । त्रिशूली नदीमा गाडी खसेको आशङ्कामा गोताखोर परिचालन गरी खोजी कार्य सुरु गरिएको छ ।
मुस्लिन प्रहरीले दिएको जानकारी अनुसार नारायणगढ–मुस्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशङ्का गरिएको छ।
स्थानीयले बिहान ४ः५० बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको र सो ठाउँमा नदीमा बत्ति बलेकोले प्रहरीले खोजी कार्य तीव्र पारेको हो ।
सशस्त्र प्रहरी बल बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ७ जना गोताखोर सहित १० जना र नम्बर १७ गण चितवनबाट इन्स्पेक्टरको कमान्डमा १३ जनाको फौज बिहान ७ बजेबाट खोजी कार्यमा जुटेको प्रहरीले जानकारी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे