२०८२ बैशाख ३०, मंगलबार
मंगलबार आठ अर्बको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८० कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड, हिमालयन रि–इन्स्योरेन्स लिमिटेड र गरिमा डिभेञ्चर २०८५ रहेका छन् ।
त्यस्तै, स्टर्न हाइड्रोपावर लिमिटेड र भुगोल इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे