• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ७, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
३

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
७

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
८

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
९

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१०

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
११

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
१२

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार

वाल्मीकि आश्रम जाने झोलुङ्गे पुल सञ्चालन गर्न माग

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० माघ २१, आईतबार

  • २१९ पटक पढिएको
  • वाल्मीकि  ।नेपालको ऐतिहासिक धार्मिकस्थल वाल्मीकि आश्रमलाई नेपालकै बाटोसँग जाड्नेगरी निर्माण भएको झोलुङ्गे पुल तत्काल सञ्चालन गर्न माग गरिएको छ । निर्माण सम्पन्न भएको लामोसमय बितिसक्दासमेत पुल सञ्चालनमा नआएको भन्दै नेकपा (एमाले) माडी नगर कमिटीले पुल सञ्चालन गर्न सरकारसँग माग गरेको हो ।

    वाल्मीकि आश्रममा बसेको नेकपा एमाले माडी नगर कमिटीको विस्तारित बैठकले झोलुङ्गे पुल तत्काल सञ्चालन गर्नुपर्ने, चितवनको भूमिमा चितवनबाटै जान मिल्ने गरी सडक निर्माण गनुपर्नेलगायतका विभिन्न निर्णयहरु गरेको नगर कमिटी अध्यक्ष नारायणप्रसाद अधिकारीले बताउनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी–६ स्थित त्रिवेणीधाममा नारायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा नआउँदा सडक मार्ग भएर वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने अथवा नारायणी नदीमाथि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

    “नारायणी नदीमाथि झोलुङ्गे पुल बने पनि झोलुङ्गे पुलबाट आश्रम पुग्ने सडक निर्माण भएको छैन” उहाँले भन्नुभयो, ‘तत्काल त्यो सडक निर्माण गरेर झोलुङ्गे पुलबाट आश्रम पुग्ने अवस्था सृजना गनुपर्ने लगायतका विभिन्न मागहरु गरिएको छ ।” वाल्मीकि आश्रम सहित नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय नजर परेर सीमा अतिक्रमण भएकाले नेपाली भूमि रक्षा गर्नुपर्ने, वाल्मीकि आश्रम रहेको क्षेत्रको १२ बिघा जमिन चितवन राष्ट्रिय निकुञ्जभन्दा बाहिर पारिएकाले त्यो जमिनको सीमाङ्कन गर्दै आश्रमको विकास गनुपर्ने, लुम्बिनीबाट त्रिवेणी–वाल्मीकि आश्रम हुँदै माडीको गोद्दक पुग्नेगरी महत्वपूर्ण धार्मिक पर्यटकीय मार्ग निर्माण गर्नुपर्ने, वाल्मीकि आश्रममा माडी नगरपालिकाको उपस्थिति हुनुपर्नेलगायतका मागहरु गरिएको उहाँले बताउनुभयो ।

    नेकपा एमाले माडी नगर कमिटीका सचिव श्रीप्रसाद दवाडीले एमालेले उठाएको एजेण्डामाथि अन्य राजनीतिक दलसँग सहकार्य गरी साझा मुद्दा बनाएर सरकारलाई दबाब दिइने बताउनुभयो । “वाल्मीकि आश्रममा रहेका केही घरपरिवार तथा आश्रमको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवस्था दयनीय छ” उहाँले भन्नुभयो, “सुरक्षाकर्मीका लागि संरचना र यहाँ आवश्यक पर्ने पूर्वाधार निर्माणमासमेत हामीले सरकारको ध्यानाकर्षण गराउनेछौँ ।” यो मुद्दा जनजीविकासँग जोडिएकाले अन्य राजनीतिक दलको समेत सहमति लिएर अघि बढ्ने तयारी गरिएको दवाडीको भनाइ छ ।

    बैठकमा सहभागी माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले चितवन राष्ट्रिय निकुञ्जको कानुनी बाधाका कारण वाल्मीकि आश्रमलाई सडक मार्गसँग जोड्न नसकिएको बताउनुभयो । “नवलपुर र वाल्मीकि आश्रम जोड्नका लागि पुल सञ्चालनमा आए पनि पुलबाट आश्रम पुग्नेगरी सडक निर्माणमा निकुञ्जको अवरोध छ” उहाँले भन्नुभयो, “यस विषयमा सङ्घीय सरकारले नै सहजीकरण गर्नुपर्छ ।” वाल्मीकि आश्रम भूगोलका हिसाबले माडीमा परे पनि माडीबाट यहाँ आएर काम गर्न असहज हुने भन्दै नवलपुरको विनयी त्रिवेणी गाउँपालिकासँग सहकार्य गरेर वाल्मीकि आश्रमको विकासका लागि काम गर्दै आइरहेको उहाँले बताउनुभयो ।

    नेकपा एमालेका केन्द्रीय सदस्य यमबहादुर परियारले नेपालमा गणतन्त्र आए पनि नागरिकले यसको प्रत्यक्ष महसुस गर्न नपाएको बताउनुभयो । “पञ्चायतकालीन निकुञ्ज ऐनका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले दुःख पाउँदै आएका छन्” उहाँले भन्नुभयो, “यो ऐन समय सापेक्ष हुनेगरी संशोधन गर्नुपर्छ ।” वन र वन्यजन्तुको संरक्षणका कुरा गर्दा मानिसको आधारभूत मानवअधिकार समेत उल्लङ्घन भइरहेको भन्दै यसतर्फ राज्यले विशेष ध्यान दिएर लाग्नुपर्ने परियारको भनाइ छ ।

    धार्मिक ग्रन्थअनुसार त्रेता युगमा सीता माताले लवकुशलाई जन्म दिएको, लवकुशले महर्षि वाल्मीकिसँग शिक्षादीक्षा लिएको, वाल्मीकिसहित ८५ हजार ऋषिले हवन गरेको, लवकुशले भगवान श्रीरामको अश्वमेध यज्ञमा छोडिएको घोडा समातेर बाँधेको तथा महर्षि वाल्मीकिले रामायण लेखेको पवित्र भूमिक यही स्थानमा पर्दछ । चितवनको माडीमा पर्ने यो भूमिमा पुग्नका लागि गण्डकी प्रदेशको नवलपुर, लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी हुँदै पुनः नवलपुरको त्रिवेणी पुगेर जानुपर्ने अवस्था छ ।

    झोलुङ्गे पुल सञ्चालनमा नआउँदा अहिले आश्रममा जानेका लागि नारायणी नदीमा त्रिवेणीघाटबाट डुङ्गा तर्नुपर्ने अथवा गण्डक ब्यारेज हुँदै भारतको वाल्मीकि टाइगर रिजर्बको बाटो भएर जानुपर्ने अवस्था छ । त्रिवेणीधाममा निर्माण भएको झोलुङ्गे पुल सञ्चालन भएमा त्रिवेणीधामबाट करिब ४० मिनेटको पैदल यात्रापछि आश्रममा पुग्ने सकिने स्थानीय बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

  • फिल्म ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने

  • एच५एन५ भेरियन्टबाट पहिलो मृत्यु भएको पुष्टि

  • सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • समाचार
  • १

    म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो
    २०८२ मंसिर ७, आईतबार

  • २

    फिल्म ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
    २०८२ मंसिर ७, आईतबार

  • ३

    एच५एन५ भेरियन्टबाट पहिलो मृत्यु भएको पुष्टि
    २०८२ मंसिर ७, आईतबार

  • ४

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
    २०८२ मंसिर ७, आईतबार

  • ५

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, प्रतिक्रेट ५५ ले बढ्यो
    २०८२ मंसिर ७, आईतबार

  • ६

    दुर्गा प्रसाईं नेतृत्वको नेपाल बन्दसहित आम हड्तालको कार्यक्रम फिर्ता
    २०८२ मंसिर ७, आईतबार

  • ७

    आज यी दुई प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ७, आईतबार

  • ८

    लुम्बिनी लायन्स ९ विकेटले पराजित
    २०८२ मंसिर ६, शनिबार

  • ९

    ८ लाख ३७ हजार नयाँ मतदाता थपिए
    २०८२ मंसिर ६, शनिबार

  • १०

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ६, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution