२०८२ बैशाख १८, बिहिबार
नेपालले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा रोहित पौडेलले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो ।
नेपालका भीम सार्कीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै गुलशन झाले २१, कुशल मल्लले १५, पवन सराफले १२, अनिल शाहले ८, करण केसीले १६, आसिफ सेखले ४, सोमपाल कामीले २, कप्तान रोहित पौडेलले १ रन बनाएका थिए ।
त्यस्तै नामिबियाका बलर गेर्हार्ड एरासमसले सर्बाधिक ५ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रासेलले २-२ विकेट लिएका थिए । त्यस्तै जान निकोलले एक विकेट लिएका थिए । योसँगै लिग-२ मा नामिबियाले २ महत्वपूर्ण अंक हासिल गरेको छ । अब यस सिरिजको अर्को खेल आगामी शनिबार नेपाल र नेदरल्याण्डसविरुद्ध हुने तालिका रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे