२०८२ बैशाख १८, बिहिबार
रायसिना डायलगमा सहभागी भई परराष्ट्र मन्त्री शनिवार रामललाको दर्शन गर्न अयोध्या पुग्न लागेका हुन ।
बिहान ११ बजे दिल्लीबाट विशेष विमानमार्फत अयोध्या प्रस्थान गरेका परराष्ट्र मन्त्री साउँदलाइ अयोध्यास्थित महर्षि बाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश सरकारका मन्त्रीहरू तथा अयोध्याका वरिष्ठ पुलिस र प्रशासनका अधिकारीले स्वागत गर्ने कार्यक्रम रहेको छ।
समाचार अनुसार विमानस्थलबाट सोझै उनी भगवान श्रीराम जन्मभूमि मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ। साउद अयोध्यामा मन्दिर दर्शन गर्ने नेपाल सरकारका उनी पहिलो प्रतिनिधि हुन ।
मन्दिर प्रांगणमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चंपत रायसहित अन्य पदाधिकारीहरूले स्वागत गर्ने छन्। रामललाको दर्शनको क्रममा त्यहाँका मुख्य पुजारीले विशेष पूजा गराउने जानकारी दिइएको छ।
परराष्ट्रमन्त्री साउदले मन्दिरमा दर्शन पछि नेपाली जनताको तर्फबाट उनले पाँच प्रकारको विशेष गहना रामललाको प्रतिमाको लागि अर्पण गर्नेछन्। चाँदीले बनाइएको यस आभूषणहरूमा तीर धनुष, गदा र श्रृंगारका सामानहरू रहेका छन ।
साथै, परराष्ट्र मन्त्री साउँदले सरयू घाटमा आज साँझ हुने सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम छ। यो संगै उनले अयोध्यामै रहेको हनुमानगढीमा पनि विशेष पूजा गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्री साउदले आजै अयोध्यास्थित नेपाली मन्दिरमा पनि दर्शन गर्ने कार्यक्रम तय भएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे