• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १४, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
४

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
५

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
८

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

बेमौसमी फूल खेती गरेका लोकेन्द्रको बार्षिक आम्दानी १५ लाख रुपैँया

२०८२ आश्विन १५, बुधबार
११

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
१२

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार

एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडलाई

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० फागुन १९, शनिबार

  • २०९ पटक पढिएको
  • चितवन, फागुन १९–एक्सपर्ट भरतपुर मेयर्स कप इन्टर स्कुल टि–२० क्रिकेट लिगको उपाधि अर्किड स्कुलले जितेको छ ।
    भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शनिबार) भएको फाइनलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किडले पहिलो संस्करणको उपाधि जितेको हो । उपाधिसंगै अर्किडले रनिङ ट्रफी हात पा¥यो ।
    फाइनल खेलमा टस जितेर पहिले व्याटिङ रोजेको अर्किडले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रनको योगफल तयार पारेको थियो । अर्किडका लागि सागुन सापकोटाले ३९ बलमा ४६ रन र मन्दिप बरालले ३६ रन बनाए । वाल्मीकिका लागि सुदर्शन पन्त र सिर्जन तिमिल्सिनाले एक÷एक विकेट लिए ।
    १३१ रनको विजय लक्ष्य पछ्याएको वाल्मीकि १९.१ ओभरमा ११० रन बनाउँदै अलआउट भयो । उसका लागि कप्तान आदर्श दुलालले सर्वाधिक ३० रन बनाए भने युमन कंडेलले २६ रन बनाए ।
    अर्किडका लागि मन्दिप बराल र सगुन सापकोटाले एक–एक विकेट लिए । फाइनल खेलको प्लेयर अफ दि म्याच अर्किडका मन्दिप बराल भए । उनी प्रतियोगिताको उत्कृष्ट बलर बन्दै अवार्ड पाए । उनले प्रतियोगितामा कुल २१ विकेट लिए ।
    यस्तै अर्किडकै सगुन सापकोटा प्रतियोगिताको उत्कृष्ट व्याटरसंगै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनी प्रतियोगितामा एक शतकसहित २५७ रन बनाए भने १४ विकेट समेत लिए ।
    विजेता तथा उपविजेता टिमलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया, महानगरका नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजाललगायतले ट्रफी तथा मेडल प्रदान गरेका थिए ।
    यस्तै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विजेता र उपविजेता टिमलाई क्रिकेट खेल सामग्री समेत प्रदान गरेको थियो ।
    गत माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा १० संस्थागत र १० वटा सामुदायिक विद्यालयगरि कुल २० वटा विद्यालयको सहभागिता रहेको थियो । जसमध्ये १० टिम नकआउट चरणबाटै बाहिरिएका थिए भने १० टिम लिग चरणमा प्रवेश गरेका थिए । फागुन ४ गतेबाट भएको लिग चरणमा १० टिमलाई दुई समूहमा बाडिएको थियो । सबै टिमले लिग चरणमा कुल ४ खेल खेलेका थिए । समूको विजेता र उपविजेता चार टोली सेमीफाइनल यात्रा तय गरेका थिए ।
    यसैबीच समापन समारोहमा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भएको बताइन् । रंगशालाको टेण्डर आह्वान भएसंगै आफ्नो बाचा पुरा भएको बताइन् । उनले भनिन्–‘हामीले २ दिन अगाडि टेण्डरको आह्वान गरेका छौं, अब केही महिनाभित्र निर्माण कार्य सुरु हुन्छ र साढे २ वर्षभित्र निर्माणको कार्य पुरा हुनेछ ।’ उनले थप्दै भनिन्–‘सम्पूर्ण नेपालीका लागि खुशीको विषय हो, आज फरक अनुभूति भएको छ, सधै यहाँ आएर रंगशाला बन्छ, बनाउने छौ मात्र भन्ने गर्दथ्यौ । अब बन्ने पक्का भएको छ ।’
    उनले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही रंगशालामा खेलाउने गरि तयारी अगाडि बढाईएको बताइन् । उनले भनिन्–‘हामी रंगशाला बनाउँछौं, यहाँ विश्वकप ल्याउने वातावरण बनाउन नेपाल क्रिकेट संघ (क्यान) र चितवन जिल्ला क्रिकेट संघ समक्ष आह्वान गर्दछु ।’ सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने तयारी छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।
    महानगर प्रमुख दाहालले महानगरपालिकाले विद्यालयस्तरीय लिग प्रतियोगिता पहिलो पटक गरेको भए पनि पूर्ण रुपमा सफल भएको दावी गरिन् । महानगरपालिकाले क्रिकेट मात्र होइन छिट्टै फुटबल, भलिबल र अन्य खेल पनि आयोजना गर्ने उनको भनाई थियो । प्रमुख दाहालले अब पुरुषको मात्र नभइ महिलाको पनि यस्ता प्रतियोगिता हुने प्रष्ट पारिन् ।
    यस्तै सोही कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद दिए । उनले पहिलोपटक गरिएको प्रतियोगिताले सफलता पाएकोमा खुशी व्यक्त गर्दै आगामि दिनमा अझै बृहत गर्ने प्रतिवद्धता जनाए ।
    त्यस्तै चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले यस प्रतियोगिता आफूले सोचेभन्दा धेरै उत्कृष्ट भएको बताए । उनले प्रतियोगितालाई राम्रो बनाउन सबै सबै खेलाडीले पनि राम्रो खेलेको बताए । उनले जिल्ला क्रिकेट संघले पानीले असर नगरेसम्म लगातार प्रतियोगिता आयोजना गर्दै जाने प्रतिवद्धता जनाए । उनले महानगरपालिकाले चितवनको क्रिकेट विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामि दिनमा यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए ।
    यस्तै कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका रिजनल म्यानेजर किरण पौडेलले विद्यालयस्तरीय क्रिकेटमा एक्सपर्टलाई जोड्ने अवसर दिएकोमा सबैमा धन्यवाद ज्ञापन गरे । उनले नेपालको क्रिकेट विकासमा एक्सपर्टले विगतदेखि नै सहयोग गर्दै आइरहेको भन्दै कुनै पनि खेलको विकासमा ग्रासरुट प्रतियोगिता महत्वपूर्ण रहने भएकाले यसलाई प्राथमिकताका साथ अगाडि बढाईएको बताए । उनले आगामि दिनमा यस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नगर शिक्षा अधिकारी महेन्द्र पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

  • एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता
  • भरतपुर महानगरपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • पहिरोले अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु

  • नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

  • चितवनमा दुई बस र ट्रक ठोक्किए, ३३ यात्रु घाइते

  • यी तीन प्रदेशमा बर्षा सहित भारी हिमपातको सम्भावना

  • समाचार
  • १

    पहिरोले अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु
    २०८२ कार्तिक १४, शुक्रबार

  • २

    नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि
    २०८२ कार्तिक १४, शुक्रबार

  • ३

    चितवनमा दुई बस र ट्रक ठोक्किए, ३३ यात्रु घाइते
    २०८२ कार्तिक १४, शुक्रबार

  • ४

    यी तीन प्रदेशमा बर्षा सहित भारी हिमपातको सम्भावना
    २०८२ कार्तिक १४, शुक्रबार

  • ५

    युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
    २०८२ कार्तिक १३, बिहिबार

  • ६

    अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार
    २०८२ कार्तिक १३, बिहिबार

  • ७

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ८

    विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
    २०८२ कार्तिक १३, बिहिबार

  • ९

    तिलिचो घुम्न गएका १३ नेपाली सहित १५ जना बेसक्याम्पमा अलपत्र
    २०८२ कार्तिक १३, बिहिबार

  • १०

    ‘मोन्था’ चक्रवातको आंशिक प्रभावले विभिन्न स्थानमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution