• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १६, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
४

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
५

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
८

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
९

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
१०

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
११

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
१२

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार

हात्तिबाङ विद्यालयमा एक्सपर्टको सहयोग, विद्यार्थीमा छायो खुशीयाली

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० फागुन २२, मंगलबार

  • २४९ पटक पढिएको
  • चितवन, फागुन २२–चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ हात्तिबाङ भौगोलिक अवस्थाले विकट ठाउँको रुपमा चिनिन्छ । यहाँ पुग्न बाटो बने पनि अन्य सेवासुविधा पाउन निकै कठिन छ ।

    यही ठाउँमा रहेको छ कक्षा १० सम्म अध्यापन हुने राष्ट्रिय माध्यमिक विद्यालय । चेपाङ विद्यार्थीहरुको बाहुल्य रहेको यस विद्यालयमा भौतिक पूर्वाधारको समस्याका साथै विद्यार्थीहरुलाई पठनपाठनका धेरै सामग्रीहरुको अभाव छ । यहाँका विद्यार्थीहरुले पाठ्यक्रम बाहेक अन्य किताबहरुको अध्ययन समस्या छ ।

    यीनै समस्याहरुलाई केहीहदसम्म हल गर्नका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले तेस्रो संस्करणको एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको फाइनलमा पुगेका विद्यार्थीहरुलाई विद्यालयमा लगेरै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न पुस्तक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।

    एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको आयोजक विमोचन इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट प्रालि र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले फाइनलमा पुगेका विद्यार्थीहरुलाई हात्तिबाङस्थित विद्यालयमै लगेर महत्वपूर्ण पुस्तकहरु सहयोग गरेको हो । विद्यार्थीहरुलाई विभिन्न लेखकहरुद्धारा लेखिएका विभिन्न प्रकारका पुस्तकका साथै बालबालिकाहरुको लेख तथा कवितालगायतका सिर्जनाहरु छापिने ‘मुना’ पुस्तक बाडिएको हो । एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको फाइनलमा पुगेका विद्यार्थीहरुले हातहातमै पुस्तक बाडेका थिए ।

    विद्यालयमा ती पुस्तक मात्रै बाड्ने काम भएन । अधिकांश चेपाङ बालबालिका अध्ययन गर्ने भएकाले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको पनि उत्तिकै खाँचो पर्ने गरेको छ । केही समयपछि उच्च शिक्षाका लागि खुड्किलो मानिएको एसईई परीक्षा आउँदैछ । सोही परीक्षामा सामेल हुन लागेका अति समस्यामा रहेका पाँच जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री समेत हस्तान्तरण गरिएको थियो । विमोचन इभेन्ट्सका सिइओ विमोचन पौडेलले अतिविपन्न विद्यार्थीहरुलाई उक्त सामग्री सहयोग गरे ।

    यस्तै सोही अवसरमा फाइनलमा पुगेका विद्यार्थीहरुले विद्यालय परिसरमै वृक्षरोपण समेत गरेको छ । पहाडी भू–भागमा सुहाउँदो फलफूलका बिरुवा रोपिएको विमोचन इभेन्ट्सले जनाएको छ ।
    पहाडी भू–भाग भएकाले यहाँ बालबालिकाहरुलाई स्वास्थ्यमा पनि त्यति सहज छैन । विशेषगरि दातको उपचार यहाँ सम्भव देखिदैन । यही अवस्थालाई ख्याल गरेर विद्यार्थीहरुलाईको निःशुल्क दन्त परीक्षण समेत गरिएको छ । भरतपुर–१० मा रहेको कालिका डेन्टलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको दन्त परीक्षण गरिएको हो । दन्त शिविर र पुस्तकलगायतको सहयोगले विद्यार्थीहरुमा खुशी छाएको थियो ।

    कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालका कन्ट्री म्यानेजर विकास ज्ञवालीले एक्सर्टले आफ्नो शैक्षिक परामर्श व्यवसायसंगै सामाजिक दायित्व पनि निर्वाह गर्दै आइरहेको बताए । उनले भने–‘भूकम्पदेखि माहामारीका समय होस् या विभिन्न खेलकुदका गतिविधि वा इभेन्ट्सहरुमा पनि एक्सपर्ट सहयोगी बन्दै आइरहेको छ, हामी सामाजिक कार्यमा जहिल्यै पनि अग्रसर हुन्छौं, यसैको कडीको रुपमा मैले हात्तिबाङका विद्यार्थीहरुलाई विभिन्न सहयोग कार्यक्रमलाई लिएको छु ।’ ज्ञवालीले पब्लिकि स्पिकिङ च्याम्पका विद्यार्थीहरुलाई समाज बुझाउने अभियान अन्तरगत पहाडी भू–भागमा लगेर सामाजिक कार्यक्रम सक्रिय बनाउनु सह्रायिन कार्य रहेको बताए ।

    यस्तै कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हात्तिबाङ विद्यालयमा बाहिरी पुस्तकको अभाव महसुस गरेर विभिन्न लेखकहरुद्धारा लिखित महत्वपूर्ण पुस्तकहरु सहयोग गरिएको बताए । उनले भने–‘सानो सहयोगले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुन्छ भने किन सहयोग नगर्ने भनेर पुस्तक सहयोग गरेका हौं, यसअघि यहाँ आउँदा अतिरिक्त पुस्तकहरुको लाइबेरीमा अभाव रहेको जानकारी पाएपछि आज पुस्तक सहयोग लिएका आएका छौं ।’ उनले आगामि दिनमा दिनमा पनि यसैगरि सहयोग गर्ने प्रतिवद्धता जनाए । एक्सपर्टले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजील्याण्डलगायतका देशमा जान चाहने विद्यार्थीहरुले शैक्षिक परामर्श दिँदै आइरहेको भन्दै आफ्नो व्यवसायसंगै सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको बताए ।

    कार्यक्रममा विमोचन इभेन्ट्सका सिइओ विमोचन पौडेलले विद्यार्थीहरुलाई चितवनको भौगोलिक अवस्था र आफू भन्दा कम सुविधामा अध्ययन गरिरहेका विद्यार्थीहरुको अवस्था बुझाउन पहाडी भेगमा कार्यक्रम गरिएको बताए । उनले यस खालको कार्यक्रमले सानो सहयोग पुग्नुको साथै विद्यार्थीहरुलाई पनि केही सिक्ने अवसर सिर्जना हुने गरेको बताए ।

    कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङका प्रधानाध्यापक लोकबहादुर मगरले यहाँका विद्यार्थीहरु भौतिक पूर्वाधारका साथै धेरै कुराबाट बञ्चित हुने गरेकोमा यस्तै सहयोगबाट विद्यार्थीहरुले अवसर पाइरहेको बताए । उनले एक्सपर्ट चितवन परिवार र पब्लिक स्पिकिङ च्याम्पको टिमलाई धन्यवाद दिए । कार्यक्रममा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेश डेभलपमेण्ट म्यानेजर विनोदबाबु रिजाल, एक्सपर्ट रत्ननगरकी शाखा प्रमुख मिना तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

  • इच्छाकामना गाउँपालिका
  • एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज
  • विमोचन इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट प्रालि
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ दिनभित्र माग पुरा गर्ने प्रतिबद्धतापछि बञ्चरेडाँडा फोहोरको अवरोध हट्यो

  • ‍बसको ठक्करबाट अटो रिक्सामा सवार एकै परिवारका तीनसहित चार जनाको मृत्यु

  • गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

  • सर्को तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नू – शिक्षामन्त्री महावीर पुन

  • समाचार
  • १

    १५ दिनभित्र माग पुरा गर्ने प्रतिबद्धतापछि बञ्चरेडाँडा फोहोरको अवरोध हट्यो
    २०८२ कार्तिक १६, आईतबार

  • २

    ‍बसको ठक्करबाट अटो रिक्सामा सवार एकै परिवारका तीनसहित चार जनाको मृत्यु
    २०८२ कार्तिक १६, आईतबार

  • ३

    गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी
    २०८२ कार्तिक १६, आईतबार

  • ४

    सर्को तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नू – शिक्षामन्त्री महावीर पुन
    २०८२ कार्तिक १६, आईतबार

  • ५

    नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
    २०८२ कार्तिक १६, आईतबार

  • ६

    २०८२ कार्तिक १६ गते आइतबारको दैनिक राशिफल
    २०८२ कार्तिक १६, आईतबार

  • ७

    विश्वकप लिग-२ मा नेपालको लगातार तेस्रो हार, अमेरिका ४ विकेटले विजयी
    २०८२ कार्तिक १५, शनिबार

  • ८

    म्याग्दीमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार
    २०८२ कार्तिक १५, शनिबार

  • ९

    बास्कोटाको ओलीप्रति कटाक्ष: फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात
    २०८२ कार्तिक १५, शनिबार

  • १०

    जोमसोम–कागबेनी सडक एकतर्फी खुल्यो
    २०८२ कार्तिक १५, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution