२०८२ बैशाख ३०, मंगलबार
कछडिया सामुदायिक वनको छेउ बकैया खोलाकिनारमा वयस्क बाघ मृत फेला परेको सबडिभिजन वन कार्यालय तामागढीले जनाएको हो।
मंगलबार बिहान स्थानीयवासीले बाघ मरेको देखेपछि वनलाई खबर गरेको सबडिभिजन वन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी दिए।
हेर्दा चार–पाँच दिन अगाडि नै मरेको देखिन्छ। पोथी बाघ करिब आठ वर्षको रहेको र प्रायः बाघ जुधेर मर्ने वा घाइते हुने गर्छन्। तर, यो बाघ भने बुढो भएर मरेको अनुमान गरिएको छ।
योसँगै पछिल्लो एक महिनाको अन्तरालमा बारामा मात्रै दुईवटा बाघ मरिसकेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे