• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन १, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
२

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
३

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
४

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
५

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
६

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
७

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
८

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एकको अवस्था गम्भीर

२०८२ भाद्र ८, आईतबार
९

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
१०

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
११

गुल्मीमा छल्दी खोलाले बगाएर एक जनाको मृत्यु

२०८२ भाद्र ६, शुक्रबार
१२

असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

२०८२ भाद्र ४, बुधबार

भरतपुरमा हुने नवौं फर्मा एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० फागुन २३, बुधबार

  • ६९५ पटक पढिएको
  • चितवन, २३ फागुन । चितवनमा फागुन २५ गतेबाट हुने नवौं फर्मा एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले आयोजना गरेको एक्स्पोबारे आज भरतपुरमा पत्रकार सम्मेलनमार्फत् तयारी अन्तिम चरणमा पुगेको जानकारी दिईएको हो ।

    पत्रकार सम्मेलनमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले एक्स्पो हामीले विदेशीबाट सिक्ने र विदेशीले हामीबाट सिक्ने ठाउँ भएको बताउनुभयो । उहाँले एक्स्पोमा विदेशी विज्ञ प्राविधिकहरु, उपकरण उत्पादक, सरकारी प्रतिनिधि लगायतका पाहुनाहरुको उपस्थिति रहने जानकारी दिंदै विदेशीहरुलाई नेपाली औषधि उद्योगको अवलोकन समेत गराईने बताउनुभयो ।

    उहाँले नेपालको औषधिमा गुणस्तरमा कुनै कमी नरहेको बताउँदै विदेश समेत निर्यात हुँदै आएको जानकारी दिनुभयो । उहाँले यसै एक्स्पोमा समेत कतिपय देशबाट यहाँको औषधिका बारेमा चासो दिएर अवलोकनका लागि आउँदै गरेको जानकारी दिनुभयो ।

    संघले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको छ ।

    संघका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाले देशको केन्द्र भागमा रहेको चितवनमा पुनः फर्मा एक्स्पो गर्न पाउँदा गौरवान्भित भएको जनाउँदै सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको  जानकारी दिनुभयो ।

    नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका  बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “साधारण नेपाली जनताले औषधि कसरी बन्द, औषधिको गुणस्तर कस्तो छ ? भन्ने कुरा जान्न र आफ्नो देशका औषधि उद्योगले कसरी अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग गरेका छन् भन्ने कुरा एक्स्पोबाट जानकारी प्राप्त गर्न सक्दछन् ।”

    सरकारलाई नेपाली औषधि उद्योगले कस्ता प्रविधि, उपकरण, कच्चापदार्थ  प्रयोग गरेर औषधि उत्पादन गर्दछन् भनेर जानकारी गराउनु आफूहरुको अर्काे उद्देश्य रहेको उहाँको भनाई छ । उहाँले थप्नुभयो “विश्वस्तरीय मान्यताप्राप्त विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्डमा नै नेपालका औषधि उत्पादन र प्रयोग भएको जानकारी दिनु एक्स्पोको अर्को पाटो रहेको छ  ।”

    काठमाण्डौंमै एक्स्पो गर्न दवाव भईरहेको समयमा आफूहरुले चितवनमा आयोजना गरेको भन्दै रुङ्गटाले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो गर्न चितवनमा प्रदर्शनी, होटल लगायतका सेवा सुविधा रहेको बताउनुभयो । उहाँले चितवनको पर्यटकीय क्षेत्रमा पनि ठूलो प्रभाव पार्ने बताउँदै चितवनवासीले एक्स्पोलाई माया गरेर सफल बनाउने  विश्वास व्यक्त गर्नुभयो ।

    कोभिड–१९ महामारी लगत्तै देशको अर्थतन्त्रमा देखिएको संकट र सरकारले उद्योगीहरुका लागि लिएको गलत नीतिका कारण नेपाली औषधि उद्योगको कारोबार घट्दै गएको संघका उपाध्यक्ष एवं एक्स्पोका मिडिया कोअर्डिनेटर सन्तोष बरालले बताउनुभयो ।

    आर्थिक बर्ष २०७८÷०७९ नेपालमा नेपाली उद्योगीहरुको झण्डै रु. ३४ अर्बको औषधिको कारोबार भएको थियो । तर आव २०७९÷०८० मा रु. २९ अर्ब ३६ करोड मात्र कारोबार गर्न पुगेको बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सरकारले स्वदेशी उद्योगले उत्पादन गरेका औषधि खरिद गर्नलाई छुट्टै मापदण्ड नबाइदिने हो भने हाम्रो आकार आगामी दिनमा अझै घट्दै जानेछ ।”

    उहाँले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्ने भन्दै भन्नुभयो “सरकारी तवरबाट खरिद गर्ने औषधि १० स्वदेशी उद्योगले उत्पादन गरेको छ भने त्यस्तो उत्पादन स्वदेशी मात्रै खरिद गर्ने नीति सरकारले बनाउनु पर्छ ।” यसो गरिएको खण्डमा स्वदेशी उद्योग फस्टाउने र मुलुकका लागि चाहिने औषधि स्वदेशी उद्योगले उत्पादन गर्न सक्ने उहाँको भनाई छ ।

    पत्रकार सम्मेलनमा संघका महासचिव सुदर्शन खयागुलीले नेपाली औषधि गुणस्तरीय मात्रै नभएर असरदार पनि रहेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपाली औषधि गुणस्तरीय मात्रै होइन, असरदार पनि रहेको छ ।” समय समयमा गुणस्तरको प्रश्न उठ्ने गरेको भन्दै उहाँले विदेशी प्रविधि, कच्चा पदार्थ र डब्लुएचओको मापदण्ड अनुसार नै नेपाली औषधि उत्पादन भईरहेको बताउनुभयो ।

    एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन  लगायत नौ  देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली  औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ  । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ ।

    नेपालका औषधी उद्योगको विकास लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग, नेपाल चिकित्सक संघ, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल फर्मासिटिकल्स एसोसिएसन, नेपाल औषधि ब्यबसायी संघ, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, रसायन तथा मेडिकल आपूर्ति संघ, फार्मेसी एसोसिएसन अफ नेपाल, नेपाल फर्मासिटिकल्स डिलर एसोसिएसन र स्वास्थ्य पत्रकार मंच बीच समन्वय र सहकार्य गरिने आयोजकले जनाएको छ ।

    नवौं नेपाल फर्मा एक्स्पो २०२४ लाई सफलतापूर्वक आयोजना गर्नको लागि एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि, ज्ञानसान र स्याम टोयल प्याकेजिङ्ग गोल्ड स्पोन्सरको रुपमा रहेका छन् । यसैगरी सिल्भर स्पोन्सर आदित्य इन्जिनियरिङ र एकुरेट्स मेसिन र कर्पोरेट्स स्पोन्सरमा आस्था इन्टरनेसनल मिडिया सपोर्टमा स्वास्थ्य पत्रकार मञ्च, डिजिटल पार्टनरमा खल्ती डिजिटल, इभेन्ट पार्टनरमा टोयोटा, एथर र टाटा मोटर्स, इभेन्टमा माइस नेपाल रहेका छन् ।

    नेपालको औषधी उद्योगको सबभन्दा ठूलो र महत्वपूर्ण पर्वको रुपमा रहेको यस एक्स्पोको अवलोकन चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, सञ्चारकर्मी, उद्योगी र सर्वसाधारण गरी करिव २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

    यस एक्स्पोले भरतपुर भ्रमण बर्षलाई थप उर्जा र सहयोग प्रदान गर्ने आयोजकको अपेक्षा रहेको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ता एक्स्पोमा आउने भन्दै यसले यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउने आयोजकको भनाई छ ।

    २५ गते बिहान ७ बजे चितवन प्रदर्शनी केन्द्रबाट प्रभातफेरी कार्यक्रम हुनेछ भने बिहान १०ः३० बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पो अवधिभर विभिन्न गोष्ठी, सेमिनार, तालिमहरु सञ्चालन हुनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

  • नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

  • आज विश्वकर्मा पूजा मनाइँदै, के छ धार्मिक महत्व ?

  • यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना

  • समाचार
  • १

    विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे
    २०८२ आश्विन १, बुधबार

  • २

    नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध
    २०८२ आश्विन १, बुधबार

  • ३

    आज विश्वकर्मा पूजा मनाइँदै, के छ धार्मिक महत्व ?
    २०८२ आश्विन १, बुधबार

  • ४

    यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना
    २०८२ आश्विन १, बुधबार

  • ५

    राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
    २०८२ आश्विन १, बुधबार

  • ६

    जेनजी आन्दोलनका क्रममा नवलपुरका ५० वटा भवन र ४३ सवारी साधनमा क्षति
    २०८२ भाद्र ३१, मंगलबार

  • ७

    दुई दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
    २०८२ भाद्र ३१, मंगलबार

  • ८

    जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ पुग्यो
    २०८२ भाद्र ३१, मंगलबार

  • ९

    ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन
    २०८२ भाद्र ३१, मंगलबार

  • १०

    दुर्गम कर्णालीमा रोजगारी र उद्योग प्रवर्द्धन
    २०८२ भाद्र ३१, मंगलबार

  • नवलपुर बिशेष
    १

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    २

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ३

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ४

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ५

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ६

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ८

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution