२०८२ अषाढ २९, आईतबार
चितवनको इच्छाकामना गाविस-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको हो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका बसका यात्रु भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण घर भएका ३७ वर्षीय गौरी दासलाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन।
अन्य घाइतेहरुमा ट्रक चालक वीरगन्ज उप महानगरपालिका २३ का ३३ वर्षीय हाकिम मिया, बसका यात्रु सर्लाही बरहथवा नगरपालिका मिलनचोकका २५ वर्षीया पूजा गुप्ता, भारतको विहार मजफरपुर जिल्लाका ३९ वर्षीया रिता गुप्ता, सोही जिल्ला रमनगराका ३२ वर्षीय अम्बरनाथ कुमारको चितवन स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ।
बस चालक नवलपरासी कावासोती-१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङ सहित दुर्घटनामा परेको बस नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे