• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन ३, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
३

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
४

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
५

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
६

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
७

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
८

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
९

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एकको अवस्था गम्भीर

२०८२ भाद्र ८, आईतबार
१०

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
११

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
१२

गुल्मीमा छल्दी खोलाले बगाएर एक जनाको मृत्यु

२०८२ भाद्र ६, शुक्रबार

लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २४

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० चैत्र २१, बुधबार

  • ४९० पटक पढिएको
  • १. नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलो पटक सवारीसाधन सञ्चालन कहिले गरियो ?

     विसं २०८० चैत १८

    – काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेसन निर्माण गरी हाइड्रोजन इन्जिनयुक्त कारमा हरित हाइड्रोजन भरी गुडाइएको छ ।

    – इलेक्ट्रोलाइसिस पद्धतिमार्फत पानी खण्डीकरण गरी हाइड्रोजन उत्पादन गरिएको छ ।

    – यस स्टेसनबाट करिब ४० देखि ४५ युनिट विद्युत् खपत गरी १० लिटर पानी खण्डीकरण गरेर दैनिक दुई किलो हाइड्रोजन उत्पादन गरिएको छ ।

    त्यति इन्धनबाट एउटा कार दुई सय किलोमिटर गुड्छ ।

    २. अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले प्रदान गर्दै आएको अनेवा नक्षत्र पुरस्कार–२०२२ बाट सम्मानित स्रष्टा को हुनुहुन्छ ?

      गीता रेग्मी (२०८० चैत १४ मा प्रदान, राशि : ७५ हजार रुपियाँ)

    – ‘प्रशान्तको तीरैतीर’ नियात्रा सङ्ग्रहका लागि प्रतिष्ठानले रेग्मीलाई सो पुरस्कारबाट सम्मानित गरेको हो ।

    – सो नियात्रा कृतिमा विदेशलाई नेपालीले हेर्ने दृष्टि, विदेशमोह, बिदेसिने संस्कृति, डायस्पोरा चेतना आदि विषयलाई गहन रूपमा उठान गरिएको छ ।

    ३. नेपाल उद्योग परिसङ्घ (सिएनआई) अन्तर्गत महिला नेतृत्व फोरमको आयोजनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन–२०२४ कहिले सम्पन्न भएको हो ?

      विसं २०८० चैत १७ र १८

    – सम्मेलनमा १६ बुँदे चितवन घोषणापत्र जारी गरिएको छ ।

    ४. पे्रसिडेन्ट लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित (अमेरिकामा) नेपाली मूलका युवा को हुनुहुन्छ ?

     प्रवीण भण्डारी

    – चार हजार एक सय घण्टा स्वयंसेवा गरी आफ्नो समुदाय र समाजमा योगदान दिएको भन्दै अमेरिकी सरकारको एक महìवपूर्ण अवार्ड प्रदान गरिएको हो ।

    – पर्वतका भण्डारीले अमेरिकामा रही नेपाली समुदाय तथा अमेरिकी समुदायलाई कोभिड–१९ र अन्य समयमा समेत सहयोग गर्दै आएका थिए ।

    ५. कृषि व्यवसाय एवं उपभोक्ताको हितलाई ध्यानमा राखी कृषि मूल्य सूचना प्रणाली कुन प्रदेशमा सञ्चालनमा ल्याइएको छ ?

      कोशी प्रदेश (विसं २०८० चैत १४ बाट)

    – यो प्रणालीमा कोशी प्रदेशका तीन ठुला कृषि बजार बिर्तामोड, धरान र इनरुवाको थोक तथा खुद्रा मूल्य समावेश गरिएका छन् । विराटनगरको कृषि बजार भने हाल मूल्य सूचना प्रणालीमा समावेश भएको छैन ।

    ६. यस वर्ष (२०८०) को महामूर्ख सम्मेलनमा महामूर्खको उपाधि कसलाई प्रदान गरियो ?

     रामचन्द्र मण्डल (मधेश प्रदेश सभाका सभामुख)

    सम्मानित व्यक्तित्वहरू

    – महामूर्खको उपाधि : रामचन्द्र मण्डल, सभामुख, मधेश प्रदेश

    – पटमूर्खको उपाधि : सुभाषचन्द्र शिवाकोटी

    – मूर्ख महामण्डलेश्वरको उपाधि : प्रेम विदेह ललन

    – सदावहार मूर्खको उपाधि : महावीर दास

    – वैशाखानन्दको उपाधि : दिनेश पूर्वे

    – स्थायी मूर्खको उपाधि : सुवासचन्द्र साह

    – मिथिलाको कला संस्कृतिलाई संरक्षण र संवर्धन गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् (मिनाप) ले विसं २०६१ देखि होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

    ७. एसियाज फिफ्टी बेस्ट रेस्टुरेन्ट्स अवार्डले सार्वजनिक गरेको रेस्टुरेन्टको सूचीमा एसियाको पहिलो स्थानमा रहन सफल रेस्टुरेन्ट कुन हो ?

     सेजेन रेस्टुरेन्ट (टोकियो)

    – टोकियोकै फ्लोरिलेज रेस्टुरेन्ट सूचीको दोस्रो स्थानमा पर्न सफल भएको छ ।

    सन् २०२४ मा एसियाका उत्कृष्ट १० रेस्टुरेन्ट

    १. सेजेन (टोकियो)

    २. फ्लोरिलेज (टोकियो)

    ३. गगन आनन्द (बैङ्कक)

    ४. दी चेयरम्यान (हङकङ)

    ५. विङ (हङकङ)

    ६. नुसारा (बैङ्कक)

    ७. सुहरिङ (बैङ्कक)

    ८. डेन (टोकियो)

    ९. ला सीम (ओसाका)

    १०. ओडेट्टी (सिङ्गापुर)

    ८. विसं २०८० चैत १५ देखि सञ्चालित एसइई परीक्षामा मुलुकभर कति परीक्षार्थी रहेका छन् ?

     पाँच लाख चार हजार ४१४

    छात्र : दुई लाख ५३ हजार ६२७

    छात्रा : दुई लाख ५० हजार ७७२

    – सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापान परीक्षा केन्द्रमा २३ जना छन् ।

    – यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो ।

    – यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्पm न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनैपर्ने छ ।

    – दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने छ ।

    – यस वर्षदेखि परीक्षा सञ्चालन हुने सात वटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुने छ भने ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने छ ।

    ९. मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

      दुर्गालाल श्रेष्ठ

    १०. एचथ्री नामक नयाँ पुस्ताको रकेटको सफल परीक्षण गर्ने राष्ट्र कुन हो ?

      जापान

    ११. सुनथराली विमानस्थल कहाँ रहेको छ ?

     कालीकोट (नरहरिनाथ गाउँपालिका–१, कोटवाडा)

    – विसं २०८० फागुन १४ मा विमानस्थल उद्घाटन गरिएको हो ।

    – यस विमानस्थलको धावनमार्गको लम्बाइ ६४० मिटर र चौडाइ २० मिटर छ ।

    – सुनथराली विमानस्थल दुवै तर्फबाट हवाईजहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थलका रूपमा रहेको छ ।

    १२. राष्ट्रिय बिमा नीति कहिलेदेखि कार्यान्वयनमा आएको छ ?

     विसं २०८० फागुन

    – बिमा सेवा सुरु भएको साढे सात दशकपछि सरकारले राष्ट्रिय बिमा नीति ल्याइएको हो ।

    – विसं २०८० मङ्सिर २४ को मन्त्रीपरिषद् बैठकले बिमा नीति–२०८० स्वीकृत गरेको हो ।

    – नेपाल बैङ्कको लगानीमा २००४ सालमा नेपाल माल चलानी तथा बिमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) स्थापना भएको थियो ।

    – सोपश्चात् २०२४ सालमा राष्ट्रिय बिमा संस्थान (हालको राष्ट्रिय जीवन बिमा कम्पनी) र २०२५ मा नियामक निकाय बिमा समिति (हालको नेपाल बिमा प्राधिकरण) स्थापना भएको हो ।

    प्रमुख प्रावधान

    – बिमा क्षेत्रमा भएको लगानीयोग्य पुँजीलाई राष्ट्रिय पूर्वाधार विकास र उत्पादनशील क्षेत्रमा परिचालन गर्ने,

    – गरिबीको रेखामुनि रहेकालाई बिमा शुल्कमा छुट,

    – बिमा कलेज स्थापना,

    – बिमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको लेखा प्रणाली,

    – सामूहिक कोषमार्फत भूकम्प, हवाई, कृषि र लघुबिमा सञ्चालन,

    – बिमा क्षेत्रको की पर्फर्मेन्स इन्डिकेटर बनाइने,

    – वातावरणीय प्रभाव र गरिबीको दृष्टिले जोखिममा रहेका व्यवसायीको बिमा,

    – भूगोल र समय अनुसार फरक फरक बिमा,

    – विदेशमा रहेका नेपालीलाई बिमाको दायरामा,

    – पुनर्बिमा विदेशी मुद्रा आर्जनको माध्यम बनाइने,

    – बिमामा हुन सक्ने ठगी एवं जालसाजी नियन्त्रण,

    – भूगोल र समाज अनुसार फरक फरक बिमा,

     

    १३. मातृभूमि राष्ट्रिय सम्मान–२०८० कसलाई प्रदान गरियो ?

     संस्कृतिविद् डा. जगमान गुरुङ

    १४. संसद्को एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बिचको अवधि कति समयभन्दा बढी हुनु हुँदैन ?

     छ महिना

    १५. पाकिस्तानका राष्ट्रपिता भनेर कसलाई चिनिन्छ ?

     मोहम्मद अलि जिन्ना

    १६. नयाँ सत्ता गठबन्धनको निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा चार सदस्यीय मन्त्रीमण्डलको गठन कहिले गरियो ?

     विसं २०८० फागुन २१

    – प्रधानमन्त्री प्रचण्डद्वारा पुराना सबै मन्त्री हटाई फागुन २१ मा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याललाई मन्त्री नियुक्त गरिएको हो ।

    – सत्ता समीकरण बदलिएपछि फागुन २१ मा चार दलको बैठकद्वारा आठ बुँदे सहमति गरियो । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

    १७. विश्वमा सर्वप्रथम ओजोन तह सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो ?

     सन् १९८७, क्यानडाको मन्ट्रियल

    १८. दिगो विकास लक्ष्यको ‘फाइभ पी’ भन्नाले के के बुझिन्छ ?

     पिपुल, प्लानेट, प्रोस्परिटी, पिस एन्ड पार्टनरसिप (मानिस, ग्रह, समृद्धि, शान्ति, साझेदारी)

    १९. दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

     सीमाविद् बुद्धिनारायण श्रेष्ठ

    – पुरस्कार राशि ५० हजार रुपियाँ रहेको छ ।

    – यो पुरस्कार इतिहास, साहित्य, संस्कृति, ज्योतिष, समाज सेवालगायतका विविध विषयमा राष्ट्रियस्तरमा योगदान पु¥याउनेलाई २०६३ सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।

    २०. बान्तवा भाषाको शब्दकोश कहिले प्रकाशित भएको हो ?

     विसं २०८० चैत

    – ‘बान्तवा शब्दकोश’ बान्तवा–नेपाली–अङ्ग्रेजी भाषामा रहेको छ ।

    – नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, बान्तवा शब्दकोश तथा व्याकरण निर्माण समितिका अध्यक्ष कुलबहादुर राई, किराँत राई यायोक्खाका उपाध्यक्ष युवराज राईलगायतद्वारा २०८० चैत १४ मा सार्वजनिक गरिएको हो ।

    – ११ वर्षअघि कुलबहादुर राईको अध्यक्षतामा बान्तवा शब्दकोश तथा व्याकरण निर्माण समिति बनेको थियो । समितिले भाषा वैज्ञानिक प्राडा नोवलकिशोर राईको संयोजकत्वमा शब्दकोश निर्माण सम्पादक मण्डल गठन गरेको थियो । सदस्यमा पदमकुमार राई, नीराजन राई तथा डिक बान्तवा थिए ।

    प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आज विविध कार्यक्रम गरी संबिधान दिबस मनाईदै

  • आज यी चार प्रदेशमा भारी बर्षाको सम्भावना

  • नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

  • तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

  • समाचार
  • १

    आज विविध कार्यक्रम गरी संबिधान दिबस मनाईदै
    २०८२ आश्विन ३, शुक्रबार

  • २

    आज यी चार प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८२ आश्विन ३, शुक्रबार

  • ३

    नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने
    २०८२ आश्विन २, बिहिबार

  • ४

    तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका
    २०८२ आश्विन २, बिहिबार

  • ५

    जेनजी आन्दोलनपछि सौराहाका होटल बुकिङ धमाधम रद्द
    २०८२ आश्विन २, बिहिबार

  • ६

    कालीगण्डकी करिडोर: २३४ किमी कालो पत्र, ३६ वटा पुल निर्माण
    २०८२ आश्विन २, बिहिबार

  • ७

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न
    २०८२ आश्विन २, बिहिबार

  • ८

    देशका अधिकांश स्थानमा भारी बर्षाको सम्भावना
    २०८२ आश्विन २, बिहिबार

  • ९

    बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
    २०८२ आश्विन २, बिहिबार

  • १०

    जिज्ञासु परिश्रमी “दुर्गा तिवारी”का – गजल
    २०८२ आश्विन १, बुधबार

  • नवलपुर बिशेष
    १

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    २

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ३

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ४

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ५

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ६

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ८

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution