२०८२ जेष्ठ ६, मंगलबार
स्थापना दिवसको अवसरमा देशभरका शाखाबाट सामाजिक काम गरिएको सन्दर्भमा गुल्मीको रेसुङ्गा शाखाले पनि बिरामीलाई फलफूल वितरण गरेको रेसुङ्गा शाखाका व्यवस्थापक प्रदीप घिमिरेले जानकारी दिए । होटल पौवाले रेसुङ्गा शाखाबाट बिरामीलाई फलफूल वितरणसँगै बिहानी समयमा रेसुङ्गा महापोखरी, मन्दिर र होटल पौवा परिसर सरसफाइ गरेको जनाएको छ ।
गुल्मी अस्पतालका डाक्टर मिलन भुसालले होटल पौवाले स्थापना दिवसको अवसरमा सामाजिक काम गरेकोमा पौवाको प्रगतिको कामना गरे । उनले बिरामीलाई स्वास्थ्य लाभको कामनासँगै फलफूल वितरण गरेकोमा होटल पौवालाई धन्यवाद दिए ।
नेपाल पत्रकार महासंघ गुल्मीको तर्फबाट सह–सचिव तिलाचन पाण्डेले होटल पौवाले स्थापना दिवसको अवसरमा रचनात्मक काम गरेको बताए । उनले यो कामबाट होटल पौवा बिरामी र समुदाय प्रति समर्पित र उत्तरदायित्व बहन गरेको छ भन्दै अन्य संघसंस्थाले सोही बमोजिम गर्नुपर्ने पत्रकार पाण्डेले बताए ।
होटल पौवाका देशभर १२ शाखा संचालनमा छन् । नेपालगञ्चमा थप शाखा संचालनको तयारीमा रहेको पौवाले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे