२०८१ बैशाख २१, शुक्रबार
काठमाडौं, २८ चैत । राष्ट्रियसभा बैठक बस्दैँछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउसो १ः१५ बजे बोलाइएको छ ।
संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभावाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्द स्वच्छता तथा गुणस्तर बिधेयक २०७७’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने छन् ।
माननीय दुर्गा गुरूङले ‘माननीय सदस्य बिष्णुदेवी पुडासैनीलाइ राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।
साथै, माननीय भगवती न्यौपानेले ‘माननीय सदस्य बिमला घिमिरेलाइ राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।
साथै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाइ निर्णायार्थ प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे