२०८१ अषाढ ३, आईतबार
नवलपुर अनलाइन। भारतमा अहिले चरणबद्ध रुपमा लोकसभाको चुनाव भइ रहेको छ। यसै क्रममा बिहार राज्यको बाल्मिकीनगर र पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि त्रिवेणी बाल्मिकीनगर सीमा नाका तीन दिन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले एक सूचना जारी गर्दै बिहारसँग सिमाना जोडिएका नवलपरासी पूर्वको त्रिवेणी बाल्मिकीनगर सीमा नाकाहरु तीन दिनको लागि बन्द हुने जानकारी दिएको छ ।
जिल्ला प्रशासनले सुचना जारी गरि भारत बिहारको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि अगामी जेठ १० गते बिहान ६ बजेदेखि १२ गते बेलुकी ६ बजेसम्म तिन दिनको लागि सिमानाका बन्द हुने जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे