२०८२ बैशाख २३, मंगलबार
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ का दुई बालक जेठ ७ गते स्कुलबाट घर नफर्किएपछि खोजी थालिएको थियो। सहयात्री नेपाल संस्थाले विभिन्न निकायसँग समन्वय गरी बालकहरूलाई शुक्रबार नेपाल ल्याएर परिवारको जिम्मा लगाएको हो।
उनीहरूलाई भारतको राजकीय बाल गृह, शाहजहांपुरले आश्रय दिएर राखेको थियो। उक्त सूचना पाएपछि भारत पुगेर बालकलाई फर्काइएको सहयात्री नेपालका अध्यक्ष ऋतिक शाहीले बताए।
भारतस्थित नेपाली दूतावासको कार्यालय, मानव वेचबिखन अनुसन्धान ब्यूरो, दोधारा चाँदनी नगरपालिका र वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारासँगको समन्वयमा उनीहरूको उद्धार गरिएको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे