२०८२ बैशाख १७, बुधबार
छेडागाड नगरपालिका ११ स्थायी घर भएका बिजय बहादुर क्षेत्री “अन्तराष्ट्रिय गौरब अभियान पुरस्कार”बाट सम्मान गरिएको थियो।
लघुबित्त कार्यक्रम मार्फत ग्रामीण क्षेत्रका जनताको गरिबी न्यूनीकरण,सामाजिक अवस्था,शैक्षिक अवस्था र आर्थिक अवस्थामा समृद्धि ल्याउन उनले गरेको योग्दानको सम्मान गर्दै आयोजक संस्था ब्राण्डम्यान इन्डिया पि एण्ड पि नामक संस्थाले सो पुरस्कारबाट उनलाई सम्मान गरेको क्षेत्रीले बताए।
कार्यक्रममा नेपाल, भारत, श्रीलंका, जापान र बङगालादेश लगायतका देशबाट करिव ७० भन्दा बढिको सहभागिता रहेको थियो।
विगत ११ बर्ष देखि लघुबित्त क्षेत्रमा रहि निरन्तर कार्य गर्दे आएका उनलाई सो क्षेत्रमा उच्च योग्दान गरेको र इमानदार भएकै कारण सो पुरस्कारबाट सम्मानित हुन पाएकोमा एकदमै खुशी भएको बताए। अबका दिनमा पनि लघुबित्त कार्यक्रम मार्फत ग्रामीण क्षेत्रका जनताको आर्थिक र वित्तीय स्तर उकास्न काम गर्ने योजना रहेको उनले भने।
हाल उनी उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था गण्डकी प्रदेश बागलुङ स्टेशनका कार्यालय प्रमुखका रुपमा कार्यरत छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे