• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २०, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
६

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
७

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
८

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
९

बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ

२०८२ मंसिर १७, बुधबार
१०

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार
११

कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नू- केपी ओली

२०८२ कार्तिक २३, आईतबार
१२

पानीको बोतल एमआरपीभन्दा बढीमा नबेच्न होटल र रेष्टुरेन्टहरुलाई आग्रह

२०८२ मंसिर ८, सोमबार

बीवाईडी बिक्रेता साइमेक्स इंकद्वारा राजस्व छली

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ अषाढ २९, शनिबार

  • १८१ पटक पढिएको
  • काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले कर छली गर्दै बर्सेनि व्यापार बढाउँदै लगेको देखिएको छ । चालू आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा झन्डै १० अर्बको कारोबार गरेको साइमेक्स इंकले कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले फाइल अध्ययन गरिरहेको छ ।

    सन् २०२३ मा सो कम्पनीले १ अर्ब ९१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको इक्रा तथ्यांकले देखाएको छ । गत वर्षसँग तुलना गर्दा यस वर्षको ११ महिनासम्ममा साइमेक्स इंकले करिब ८ अर्ब २ करोड २० लाख रुपैयाँबराबरको व्यापार गरेको छ ।

    नेपालमा कर छली गर्दै र भन्सार तथा यातायात विभागलाई आर्थिक प्रलोभनमा पार्दै कम्पनीले व्यापार विस्तार गरेको आरोप लागेको छ । सो कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र अध्यक्ष अनिल श्रेष्ठको नाममा क्रमशः ५० दशमलव ५ र ४९ दशमलव ५ प्रतिशत सेयर रहेको छ ।

    साइमेक्स इंकले अटो–३ को आयातमा कर छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

    गत ४ असारमा राजस्व अनुसन्धानले साइमेक्सको कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रण लिएको थियो । साइमेक्सले भन्सार छल्न पिक पावर घटाएर गाडी आयात गरेको राजस्व अनुसन्धानको दाबी छ । चीनमा अटो–३ को मोटर पिक पावर १ सय ५० भए पनि नेपाल ल्याउँदा भने साइमेक्सले सय पिक पावर भन्दै कर छली गरेको देखिएपछि अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिइएको थियो ।

    साइमेक्सले भन्सार मूल्य ३६ लाख १० हजार तोकेको छ । चीनमा बनेको अटो–३ को १ सय ५० किलोवाटको भन्सार शुल्क आर्थिक ऐन, २०८० अनुसार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत गरी ४० प्रतिशत तिर्नुपर्नेमा उसले सय किलोवाटको १५ प्रतिशत भन्सार शुल्क, १० प्रतिशत अन्तःशुल्क तिरेर कर छलेको बताइएको छ ।

    अटो–३ का हजारवटा गाडी नेपाल ल्याइसकेको साइमेक्सले ५४ करोड १५ लाख भन्सार छली गरेको प्रारम्भिक अनुमान गरिएको छ । यसलाई प्रमाणित गर्दै भन्सार विभागले साइमेक्सबाट सवा करोड रुपैयाँ असुल उपर गर्न पत्र काटिसकेको बताइएको छ ।

    राजस्व चुहावट तथा नियन्त्रण ऐन, २०५२ अनुसार राजस्व छली भएको पुष्टि भएमा छली भएको राजस्वको ३ सय प्रतिशतसम्म जरिमाना हुने व्यवस्था छ । त्यस्तै, १० करोडबढी राजस्व छली गरेको अवस्थामा सञ्चालकलाई ५ वर्ष जेल सजायको व्यवस्था छ ।

    चीनको बीवाईडी अटो कम्पनीले १७ भदौ २०७८ मा जारी गरेको बिलका आधारमा साइमेक्सले बीवाईडी ई–सिक्स नेपाल ल्याएको थियो । उसले सो मोडल ल्याउँदा भन्सारको प्रज्ञापनपत्रमा घोषित मूल्य वास्तविक नभएको खुलेको थियो ।

    अनुसन्धानमा साइमेक्सले प्रतिगाडी ९ लाख २० हजार रुपैयाँ मूल्यांकन लुकाएको खुलेको थियो । सबै कर र शुल्कसहित २० प्रतिशत नाफा जोड्दा बढीमा ३६ लाख परल बिक्री मुल्य हुनुपर्नेमा साइमेक्सले ग्राहकलाई ठगी गर्दै सो मोडलको गाडी अधिकतम ५७ लाखमा बिक्री गर्दै आएको थियो ।

    पृष्ठभूमिमा यो भ्रष्टाचारलाई सरकारी निकाय र कर्मचारीले सहयोग गरेको आशंका पनि गर्न थालिएको छ । बीवाईडीको गाडीलाई भन्सार पास दिनकै लागि विद्युतीय गाडी (ईभी)को क्षमता मापन गर्ने च्याक्सी डाइनामो मिटर र मोटर डाइनामोमिटर समयमा नै खरिद नगरेको आरोप लागेको छ ।

    ती गाडीको भार क्षमता मापन गर्ने मेसिन खरिद गरेर ल्याएको खण्डमा आफूहरूले पाउने कमिसन गुमिएला भनेर सरोकारवाला मन्त्रालय र निकायका नेतृत्व पक्षले सो मेसिन खरिदमा ढिलासुस्ती गरेको आरोप रहेको छ ।

    गाडीको भार क्षमता मापनसम्बन्धी मेसिन ल्याउन आवश्यक चाँजोपाँजो मिलाउने जिम्मेवारी प्रमुख भूमिकामा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मेसिन खरिदका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने जिम्मेवारी अर्थ मन्त्रालयको रहेको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो उपकरण खरिदका लागि आवश्यक प्रस्ताव गरेर अर्थ मन्त्रालयसँग बजेट समयमै माग नगर्दा अर्बौं राजस्व छली हुन गएको र त्यसको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ ।

    सो उपकरण खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललगायतका उच्च पदस्थहरूले यस विषयलाई गम्भीरतापूर्वक नलिएको नाम नबताउने सर्तमा मन्त्रालयका कर्मचारी बताउँछन् ।

    यसैगरी, अर्थ मन्त्रालयका सचिव मधु मरासिनीलगायतका उच्च पदस्थहरूले पनि यस विषयमा चासो दिएका छैनन् र मेसिन खरिदको आवश्यकताबोध गरेका छैनन् ।

    प्राविधकहरूका अनुसार ईभी गाडीको चक्कामा के कति पावर आएको छ भनेर नाप्न च्यासी डाइनामोमिटर प्रयोग गरिन्छ भने गाडीको वास्तविक क्षमता मापन गर्न मोटर डाइनामोमिटर नामक मेसिन प्रयोग गरिन्छ । नेपालमा यी दुवै मेसिन नभएको मौका पारी साइमेक्स इंकलाई अर्बाैं राजस्व छल्न सहज भएको छ ।

    यातायात व्यवस्था विभागअन्तर्गत रहेको सवारी परीक्षण कार्यालयले पनि मोटर डाइनामोमिटरको अभावमा ईभी गाडीको वास्तविक क्षमता पहिचान गर्न सकेको छैन ।

    निर्माता कम्पनीको वेबसाइट तथा अन्तर्राष्ट्रिय बजारमा एउटा क्षमता हुने, तर त्यही गाडी नेपाल भित्रिँदा फरक क्षमता देखिएपछि साइमेक्स इंकमाथि आशंका गरिएको थियो । बीवाईडीले किलोवाट घटाएर नेपालमा यस वर्ष करिब ३ हजार गाडी बिक्री गरेको हुनसक्ने अनुमान राजस्व अनुसन्धान विभागले गरेको छ ।

    साइमेक्स प्राइभेट लिमिटेडले सन् २०१५ मा बनेका ई–सिक्स मोडलका कार नेपाल आयात गर्दा १ करोड ८४ लाख रुपैयाँ न्यून बिजकीकरण गरेको यसअघिको राजस्व अनुसन्धान विभागको अनुसन्धानमा खुलेको थियो ।

    हजारवटा गाडीमा साइमेक्सले करिब ५४ करोड १५ लाख रुपैयाँ भन्सार छलेको आशंकामा अहिले प्राविधिक अनुसन्धान भइरहेको विभागले बताएको छ । राजधानी दैनिकबाट साभार गरिएको

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कारागारमै चिनजान गरेका चितवनका दराईले घरमै पुगेर गरे सुरक्षाकर्मीको हत्या

  • डोनाल्ड ट्रम्पलाई फिफा ‘शान्ति पुरस्कार’ प्रदान

  • नेपाली फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक

  • हेटौडा बजारमा चल्यो डोजर

  • समाचार
  • १

    कारागारमै चिनजान गरेका चितवनका दराईले घरमै पुगेर गरे सुरक्षाकर्मीको हत्या
    २०८२ मंसिर २०, शनिबार

  • २

    डोनाल्ड ट्रम्पलाई फिफा ‘शान्ति पुरस्कार’ प्रदान
    २०८२ मंसिर २०, शनिबार

  • ३

    नेपाली फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक
    २०८२ मंसिर २०, शनिबार

  • ४

    हेटौडा बजारमा चल्यो डोजर
    २०८२ मंसिर २०, शनिबार

  • ५

    खजुरीको ‘पफ’मा हानिकारक ट्रान्स फ्याट, तत्काल बजारबाट हटाउन निर्देशन
    २०८२ मंसिर २०, शनिबार

  • ६

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर २०, शनिबार

  • ७

    दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको भरतपुर महानगरको सिटीहल ५ वर्षसम्म अधुरै
    २०८२ मंसिर २०, शनिबार

  • ८

    गण्डकी सहितका चार प्रदेशमा बर्षाको सम्भावना
    २०८२ मंसिर २०, शनिबार

  • ९

    जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि
    २०८२ मंसिर १९, शुक्रबार

  • १०

    फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा
    २०८२ मंसिर १९, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution