२०८२ बैशाख २१, आईतबार
नारायणी नदीमा भेटिएको अर्को शव चितवन माडी नगरपालिका १ बस्ने बर्ष २२ को बिकाश परियारको सनाखत भएको हो।
बिरगञ्जबाट काठमाण्डौ तर्फ गई रहेको एन्जल लेखेको बागमती प्रदेश ०३-००६ख १५१६ नं. बसमा सवार रहेको भनी मृतकको दाई बिजय परियारले उक्त शवलाई सनाखत गरेको र शव भरतपुर अस्पतालको शव गृहमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताउनुभयो। शवको पोष्टमार्टम हुन बाँकी छ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान ३:३० मा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए।
शनिबार बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ । मृतवस्थामा तीनवटा शव भेटिएकोमा तीनै जनाको पहिचान खुलेको छ ।
पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे