मृतक भारत बिहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ बस्ने बर्ष ४० को सजाद अन्सारी रहेको पुष्टि भएको हो। उनी काठमाडौँको कलङ्कीमा व्यवसाय गरि बस्ने गरेका थिए भन्ने खुलेको छ।
गैँडाकोट नगरपालिका वडा नं ९ थुम्सिस्थित नारायणी नदीको बिचमा रहेको टापुमा आज बिहान करिब १०:१५ बजेको समयमा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्र.नि हस्त बहादुर सुनारको कमाण्डमा ७ जनाको टोली र स्थानियको सहयोगमा निजको शव फेला परेको थियो।
शवलाई पोष्टमार्टमका निमित्त दिउसो १ बजे भरतपुर सरकारी अस्पतालमा पठाईएको थियो। उनी बा.प्र.०३-००६ ख १५१६ नं को बस बिरगन्ज बाट काठमान्डौ जाने बसमा सवार रहेका यात्रु रहेको समेत पुष्टि भएको छ।
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे